राष्ट्र बैंकको नयाँ नीतिले हायर पर्चेज कम्पनीको स्थायित्व र वित्तीय पहुँचमा सघाउने : एसोसिएसन
काठमाडौँ–एसोसिएसन अफ हायर पर्चेज कम्पनीज अफ नेपालले नेपाल राष्ट्र...
नेपालीहरूको महान् चाड दशैँ, तिहार तथा छठको अवसर पारेर राष्ट्रिय वाणिज्य बैंकले आकर्षक ‘फेस्टिभल अफर’ सार्वजनिक गरेको छ । आफ्नै गाडी खरिद गर्ने सपना बुनेका ग्राहकहरूलाई लक्षित गर्दै बैंकले ५.०२ प्रतिशतको सहुलियतपूर्ण वार्षिक ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने भएको हो ।
यस योजना अन्तर्गत इन्धनबाट चल्ने गाडीका लागि अधिकतम १ करोड रुपैयाँसम्म कर्जा पाइनेछ । ०.५० प्रतिशत मात्र प्रशोधन शुल्क रहने यस कर्जाको भुक्तानी अवधि अधिकतम ७ वर्ष तोकिएको छ ।
न्युन ब्याजदर र कम सेवा शुल्कका कारण मध्यमवर्गीय परिवारका लागि यो योजना निकै लाभदायक हुने बैंकको विश्वास छ । इच्छुक ग्राहकले देशभरका जुनसुकै शाखाबाट आवेदन दिन सक्ने बैंकको भनाई छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...