हरेक स्कुटरको बिक्रीमा ग्राहककै नामबाट उद्धार कोषमा २ हजार रुपैयाँ जम्मा गरिने
काठमाडौँ–जेरो एमिसन राइड एनले देशमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित...
काठमाडौं - रसुवा भन्सार हुँदै नेपालमा आयातका लागि कागजात जारी भइसकेको अन्य वस्तुका साथै विद्युतीय सवारी समेत अर्को वैकल्पिक नाका प्रयोग गरी नेपाल भित्र्याउन पाइने भएको छ ।
रसुवामा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिको अवस्थामा विभिन्न वस्तुहरु नेपाल भित्र्याउनका लागि आवश्यक सहजीकरण गर्ने उद्देश्यका साथ भन्सार विभागले सो जानकारी दिएको छ ।
आयातकर्ताले सम्बन्धित बैंकमा सम्पर्क गरी भुक्तानीका माध्यममा उल्लेख भएको भन्सार बिन्दुको सट्टा आफूले चाहेको नयाँ भन्सार बिन्दु कायम गरी परिवर्तित नाकाबाटै सामान घोषणा र जाँचपास गराउन सक्ने विभागले जनाएको छ ।
‘रसुवा भन्सार कार्यालय हुँदै पैठारी गर्न आवश्यक कागजात जारी भई ढुवानीको क्रममा बाटोमा रहेका वस्तु वैकल्पिक भन्सार नाका प्रयोग गरी पैठारी गर्न चाहने पैठारीकर्ताले उल्लेखित प्रयोजनका लागि सम्बन्धित बैंकमा सम्पर्क गरी भुक्तानीका माध्यममा उल्लेख भएको भन्सार बिन्दुको सट्टा पैठारी गर्न चाहेको भन्सार बिन्दु कायम गरी परिवर्तित भन्सार विन्दुमा वस्तु घोषणा गरी जाँचपास गर्न सकिने व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ,’ विभागले भनेको छ ।
यो सुविधा प्रतीतपत्र (एलसी), ड्राफ्ट, टीटी लगायतका सबै प्रकारका भुक्तानी माध्यमबाट सामान पैठारी गर्दा लागू हुने विभागले जनाएको छ । भन्सार बिन्दु परिवर्तन गर्नका लागि व्यापारीहरूले अन्य कुनै निकायको छुट्टै अनुमति वा सिफारिस लिनु नपर्ने विभागले स्पष्ट पारेको छ।
यससँगै अब सो नाकामा रोकिएका अन्य सामानका साथै विद्युतीय सवारी समेत कोरला वा तातोपानी नाका हुँदै नेपाल भित्र्याउन सकिने भएको छ । तर तातोपानी नाका भने पहिरोका कारण अहिले पनि बन्द छ । विभागले सहजीकरणका लागि मुस्ताङ भन्सारमा हेल्प डेस्क समेत स्थापना गरेको छ ।
बाढीका कारण भन्सारका साथै सडक र पुलहरुमा क्षति पुगेको छ भने गम्भीर मानवीय क्षति समेत भएको छ । अहिले पनि उद्दार र राहतका लागि आवश्यक कार्य भइरहेको छ । भन्सार विभागले आवश्यक सहजीकरणका लागि विभिन्न सम्पर्क नम्बरको समेत व्यवस्था गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...