२०२२ को पहिलो उपहार : यामाहाले ल्यायो एफजेडएस एफआईको डिलक्स भेरिएन्ट
यामाहाले सन् २०२२ को पहिलो उपहारको रुपमा एफजेडएस एफआईलाई नयाँ स्टाइलमा...
काठमाडौं – यामाहाको नयाँ बाइक आर१५ भी४ को बुकिङ खुलेको छ । भृकुटीमण्डपमा जारी यामाहा महा एक्सचेन्ज मेलामा सो बाइक टेस्ट राइड समेत गर्न सकिन्छ ।
क्विकसिफ्टर यसमा भएको विशेष फिचर हो । यसका कारण निश्चित गति भन्दा बढी चलाउदा गियरसिफ्ट आर्फै हुन्छ र घटाउदा मात्र गियरको प्रयोग गर्नुपर्छ । त्यसैगरी यसमा अपसाइड डाउन टेलिस्कोपिक सस्पेन्सन छ, जसले गर्दा ट्राफिक जाम भएको समयमा चलाउन सहज हुन्छ ।
यो बाइकमा प्रोजेक्टर एलईडी ल्याम्प छ भने एरोडाइनामिक बडीले यसको लुक आकर्षक देखिएको छ । डिजिटल कन्सोल भएको सो बाइकमा स्पोर्ट र स्ट्रिट गरी दुई राइडिङ मोड उपलब्ध छ ।
त्यसैगरी यो बाइकमा साइड स्ट्यान्ड सेन्सर, परिस्कृत रियर फेन्डर आदि विशेषता उपलब्ध छन् । सो बाइकमा १५५ सीसी, ४ स्ट्रोक, लिक्विड कुल्ड, एसओएचसी, ४ भल्भ इन्जिन उपलब्ध रहेको छ । सो इन्जिनले १०००० आरपीएममा १८.४ पीएसको पावर र ७५०० आरपीएममा १४.२ एनएमको टर्क जेनेरेट गर्छ । भेरिएबल भल्व एक्चुएशनको साथमा फ्युल इन्जेक्टेड मोटरलाई ६ स्पिड गियरबक्समा जोडिएको छ ।
नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले हाल यो बाइकको बुकिङ खुल्ला गरेको छ । यसको मूल्य भने अझै सार्वजनिक गरिएको छैन । यसको मूल्य ५ लाख ६० हजार रुपैयाँ भन्दा बढी पर्ने अनुमान गर्न सकिन्छ ।
यामाहाले सन् २०२२ को पहिलो उपहारको रुपमा एफजेडएस एफआईलाई नयाँ स्टाइलमा...
यामाहा मोटरसाइकलको आधिकारिक बितरक एमएडब्लु इन्टरप्राइजेजले मोटरसाइकल र...
यामाहाको वहुप्रतिक्षित नियो रेट्रो स्टाइलयुक्त नयाँ वाइक एफजेड–एक्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...