नागरिक एपबाट ड्राइभिङ लाइसेन्स गायब
काठमाडौं – नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्स र ट्राफिकसँग सम्बन्धित सबै...
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन हाल भ्रमणमा छन् । उनको विशेष लिमोजिन ‘अरुस सिनेट’ भारत भ्रमणसँगै पुनः चर्चामा आएको छ। करिब ७ टन तौल भएको सो लिमोजिन आधुनिक प्रविधि र सेफ्टी फिचरले भरिएको छ । यसको ढोका खोल्न वा बन्द गर्नका लागि पनि हाइड्रोलिक सिस्टम समावेश छ ।
लिमोजिनको उच्चतम गति २५० किलोमिटर प्रतिघण्टा छ । पूर्ण रूपमा बुलेटप्रुफ र ब्लास्ट–प्रुफ भएको सो मोडल राष्ट्रपति सुरक्षाका सबै सम्भावित खतरा ध्यानमा राखेर निर्माण गरिएको छ।
यसको चारै टायर पङ्चर भए पनि चलिरहन सक्छ । चरम परिस्थितिमा पनि यसले ८० किलोमिटर प्रतिघण्टासम्मको गति लिन सक्छ । करिब ६ सेन्टिमिटर बाक्लो गिलासको सो कार एके ४७ जस्ता आक्रमण राइफलदेखि ग्रेनेडसमेत रोक्न सक्छ । यदि रासायनिक हमला भयो भने, कारभित्रको अक्सिजन आपूर्ति सिस्टम तुरुन्तै सक्रिय हुन्छ । विश्वका अन्य राष्ट्र प्रमुखको गाडी प्रायः विदेशी कम्पनीमा आधारित हुन्छ, तर पुटिनको लिमोजिन पूर्ण रूपमा स्वदेशमा विकास र निर्माण भएको कार हो ।
यसमा ३६० डिग्री खतरा निगरानी गर्ने अटोनोमस डिफेन्स सिस्टम जडान गरिएको छ । आणविक आक्रमणजस्ता चरम जोखिमका अवस्था आए पनि सो सिस्टम सक्रिय रहन्छ ।
अरुस सिनेटले खतरा मात्रै बेहोर्छ भन्ने होइन, आवश्यक परेमा प्रतिआक्रमण पनि गर्न सक्षम छ। कारमा अटोमेटिक अश्रुग्यास लन्चर सिस्टम छ । साथै कारमा विस्फोट वा आगो लागेमा सेन्सरले तुरुन्तै पत्ता लगाएर अटोमेटिक आगो निभाउने सिस्टम सक्रिय हुन्छ । गाडीका गेट तथा ह्यान्डलमा इलेक्ट्रिक झट्का दिने सेफ्टी प्रविधि पनि राखिएको छ ।
राष्ट्रपति पुटिनका सुरक्षा गार्डहरूको जीवनशैली पनि कडा गोपनीयता र अनुशासनमा बाँधिएको हुन्छ । उनीहरूले ३५ वर्षको उमेरपछि अवकाश लिनुपर्छ, किनकि त्यसपछि प्रतिक्रिया क्षमतामा कमी आउने विश्वास गरिएको छ। सुरक्षा गार्डलाई दाह्री, जुँगा, ट्याटु वा शरीर छेड्नसमेत प्रतिबन्ध छ। उनीहरूले जीवनभर राष्ट्रपतिको गोप्य जानकारी संप्रेषण गर्न नपाउने कडा नियम पालना गर्नुपर्छ।
विदेश भ्रमणका क्रममा पुटिनका अंगरक्षकहरूले ‘पप सुटकेस’ नामक विशेष ब्याग बोकेर हिँड्छन्, जसमा खाना–पेयसँगै पुटिनको फोहोर सुरक्षित रूपमा राखिन्छ ताकि डीएनए वा स्वास्थ्यसम्बन्धी जानकारी चुहावट नहोस्।
काठमाडौं – नागरिक एपमा रहेको ड्राइभिङ लाइसेन्स र ट्राफिकसँग सम्बन्धित सबै...
जाडोको मौसम मोटरसाइकल चालकका लागि चुनौतीको समय हो । तापक्रम घट्दै जाँदा...
आधुनिक कारहरू एडभान्स टेक्नोलोजीले सुसज्जित भएका छन् । यी फिचरले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...