निषेधाज्ञामा फ्रन्टलाइनर्सका लागि प्योर ईभीको २५ हजार सम्म छुट

काठमाडौं – जारी निषेधाज्ञाको समयमा प्योर ईभीका इलेक्ट्रिक स्कुटर किन्न चाहने ग्राहकका लागि घरैमा स्कुटर पु¥याउने सुविधा उपलब्ध छ । प्योर र्ईभीको नेपालका लागि आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले यो व्यवस्था गरेको बताएको छ ।

हाल प्योर ईभीका दुई इलेक्ट्रिक स्कुटर ईट्रान्स र ईप्लुटो स्कुटरमा यो सुविधा उपलब्ध छ । त्यसैगरी नयाँ वर्ष २०७८ को अवसरमा उपलब्ध क्यासब्याक अफर समेत यसमा उपलब्ध हुनेछ ।

ईट्रान्सको मूल्य २ लाख २९ हजार रुपैयाँ भएकोमा १० हजार क्यासब्याक र ईप्लुटोको मूल्य २ लाख ४९ हजार रुपैयाँ भएकोमा १५ हजार क्यासब्याक पाइने छ । यसको अर्थ यी स्कुटर क्रमशः २ लाख १९ हजार र २ लाख ३४ हजार रुपैयाँमा उपलब्ध हुनेछ ।

तर फ्रन्टलाइनरहरुका लागि भने यसमा पनि थप १० हजार रुपैयाँ छुट गरिएको छ । अब उनीहरुका लागि यी स्कुटरको मूल्य क्रमशः २ लाख ९ हजार र २ लाख २४ हजार हुनेछ ।

ह्वाइट लोटस मोटर्सका प्रबन्ध निर्देशक अशोक खड्गी भन्छन्, ‘हामीले यस्तो कठिन अवस्थामा पनि कोभिड–१९ संक्रमण घटाउन फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र अन्य जनशक्तिलाई सेवाभावको समेत मान्यता लिएर यो स्किम ल्याएका हौ । यसले गर्दा वातावरणमैत्री सवारी साधन सहुलियत दरमा उपलब्ध गराएर केही योगदान गर्न सक्छौ भन्ने हाम्रो मान्यता हो ।’

विभिन्न स्थानमा रहेका प्योर ईभीका सोरुममार्फत यी सुविधा उपलब्ध हुनेछ । काठमाडौं उपत्यकामा ललितपुरको गावहाल, काठमाडौंको टेकु, भक्तपुरको लोकन्थली र उपत्यका वाहिर कावासोती, चितवन, बुटवल, पोखरा, इटहरी, विर्तामोड र दमकमा यो सुविधा उपलब्ध हुनेछ ।

निषेधाज्ञाको समयमा सोरुम बन्द हुने भए तापनि फोन र अन्य माध्यमबाट सम्पर्क गरेर अफर प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

भारतमा इलेक्ट्रिक स्कुटरमा आगालागी हुँदा नेपालमा यसको प्रभाव के ?

भारतमा इलेक्ट्रिक स्कुटरमा आगालागी हुँदा नेपालमा यसको प्रभाव के ?

पछिल्लो केही समययता भारतमा इलेक्ट्रिक स्कुटरमा हुने आगालागीको घटना...

गत आर्थिक वर्षमा भित्रिए २४९ विद्युतीय सवारी, पहिले भन्दा लगभग आधाले कमी

गत आर्थिक वर्षमा भित्रिए २४९ विद्युतीय सवारी, पहिले भन्दा लगभग आधाले कमी

काठमाडौं – गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा २४९ विद्युतीय सवारी साधन आयात...

एम्पियर इलेक्ट्रिक स्कुटरले ल्यायो उमेरका आधारमा जोडीहरूलाई विशेष छुट प्रदान गर्ने योजना

एम्पियर इलेक्ट्रिक स्कुटरले ल्यायो उमेरका आधारमा जोडीहरूलाई विशेष छुट प्रदान गर्ने योजना

काठमाडौं – एम्पियर ग्रिभ्स इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...