बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – प्योर ईभीका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध गराइरहेको ह्वाइट लोटस प्रालिले अर्को इलेक्ट्रिक स्कुटर ईट्रान्स नियो नेपाली बजारमा उपलब्ध गराउने भएको छ ।
ह्वाइट लोटस मोटर्सले एक टिजर भिडियो जारी गर्दै यसको जानकारी दिएको छ । सो इलेक्ट्रिक स्कुटरका लागि बुकिङ खुल्ला गरिएको ह्वाइट लोटस मोटर्सका म्यानेजिङ डाइरेक्टर अशोक खड्गीले बताए ।
ईट्रान्स नियोमा २.५ किलोवाट आवरको पोर्टेबल ब्याट्री प्याक दिइएको छ जसले फुल चार्जमा ९० देखि १ सय २० किलोमिटर दौडन सक्ने क्षमता राख्छ ।
तीन स्पिड मोड दिइएको स्कुटर ६० किलोमिटर प्रतिघन्टाको गतिमा दौडन सक्छ । स्कुटरमा एलईडी ड्यासबोर्ड दिइएको छ भने ३० एनएमको टर्क उत्पादन गर्न सक्छ ।
स्कुटरमा प्रयोग भएको ब्याट्रीमा ३ वर्ष वा ४० हजार किलोमिटरको वारेन्टी कम्पनीले नै दिएको छ । सुरक्षाका लागि स्कुटरमा एन्टी थेफ्ट स्मार्ट लक सिस्टम छ भने यसमा दुई जना व्यक्ति आरामदायी तरिकाले बस्न सकिन्छ ।
यो स्कुटरको मूल्य २ लाख ३४ हजार रुपैयाँ तोकिएको छ ।
यो भन्दा पहिले नेपाली बजारमा प्योर ईभीका दुई इलेक्ट्रिक ईप्लुटो ७जी र ईट्रान्स प्लस उपलब्ध छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...