बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
भारतीय कम्पनी प्योर ईभीले नयाँ इलेक्ट्रिक मोटरसाइकल इट्रिस्ट ३५० लन्च गर्ने भएको छ । हैदरावादस्थित आईआईटीमार्फत प्रवद्र्धन गरिने सो इलेक्ट्रिक मोटरसाइकल आगामी मार्च महिनाको अन्त्यसम्ममा परीक्षणको लागि तयार हुने बताइएको छ ।
अगस्त १५ मा भारतको स्वतन्त्रता दिवसका दिन लन्च गर्ने गरी यो मोटरसाइकल उत्पादन कार्य भइरहेको छ । यो भन्दा पहिले डेमोका लागि करिव ५० युनिट उपलब्ध हुने छन् । पेट्रोलियम पदार्थबाट चल्ने मोटरसाइकल जस्तै पिकअप र पावर हुने दावी गरिएको सो इलेक्ट्रिक मोटरसाइकलको मूल्य भने कम हुनेछ ।
प्रारम्भमा भारतको बैंग्लोर, हैदराबाद र पुनेमा उपलब्ध हुने सो मोटरसाइकल विस्तारै अन्य स्थानमा समेत उपलब्ध हुनेछ ।
नेपाली बजारमा प्योर ईभीको आधिकारिक वितरकको रुपमा ह्वाइट लोटस मोटर्सले कार्य गरिरहेको छ । नेपालमा समेत यो मोटरसाइकल बिक्रीका लागि उपलब्ध हुने र यसका लागि कम्पनीबाट स्वीकृत प्राप्त भइसकेको ह्वाइट लोटसका म्यानेजिङ डाइरेक्टर अशोक खड्गीले जानकारी दिए ।
सो मोटरसाइकलको टप स्पिड ८५ किमी प्रतिघण्टा सम्म हुनेछ । सिंगल चार्जमा यसलाई १२० किमी सम्म चलाउन सकिने छ । यसमा ३.५ किलोवाट आवरको ब्याट्री प्रयोग हुनेछ र ब्याट्रीको वारेन्टी ५ वर्ष हुनेछ ।
प्योर ईभी आईआईटी हैदरावादमा स्थापना भएर विकास भएको कम्पनी हो । नेपाली बजारमा हालै यो ब्रान्डका इलेक्ट्रिक स्कुटर भित्रिएका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...