सेग्मेन्टमै पहिलोपटक एविएस सहित आयो बजाज प्लाटिना
बजाजले आफ्नो कम्यूटर वाइक प्लाटिना ११० मा एविएस दिएको छ । भारतीय बजारमा आज...
काठमाडौं - बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनी प्रालिले पल्सर एन १२५ र एन १६० मोडलको मोटरसाइकल सार्वजनिक गरेको छ ।
भृकुटीमण्डमा हिजोबाट सञ्चालनमा आएको ‘बजाज ग्रान्ड कार्निभल’ मा उक्त दुई मोटरसाइकल एक साथ सार्वजनिक गरिएको हो ।
नेपाली बजारमा निकै लोकप्रिय पल्सर मोटरसाइकलमा नयाँ मोडल थपिँदा यसलाई पनि आमग्राहकले रोज्ने विश्वास कम्पनीले लिएको छ । कम्पनीले एन १२५ मोडलको मूल्य २ लाख ९७ हजार ९०० र एन १६० को मूल्य ४ लाख १४ हजार ९०० रुपैयाँ मूल्य तोकेको छ ।
एन १६० नेपाली बजारको लागि अपग्रेड भएर आएको मोडल हो । पल्सर एन १२५ भने नयाँ मोडलको रूपमा बजारमा आएको कम्पनीले जानकारी दिएको छ । नयाँ पल्सर एन १६० मा युएसडी र नयाँ कन्सोलमा ब्लुटुथ केनेन्टिभिटी तथा तीन राइडिङ माेड लगायतका आधुनिक फिचरहरू समावेश छन् ।
त्यसैगरी एन १२५ मोटरसाइकलमा १२४.५९ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड, बीएस ६ इन्जिन छ । उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा १२ पीएस पावर र ७ हजार आरपीएममा ११ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पिडको गियरबक्स दिइएको छ ।

उच्च प्रदर्शन क्षमता भएका यी मोटरसाइकले प्रयोगकर्ताको यात्राको रफ्तारलाई निकै सहज बनाउने बताइएको छ । साथै, कम्पनीले आयोजना गरेको ग्रान्ड कार्निभलमा पुराना दुई पाङ्ग्रे सवारीको उत्कृष्ट भ्यालुएसन गरी नयाँ पल्सरका बाइक लैजान सकिने छ ।
यो कार्निभलमा २० भन्दा धेरै भ्यालुएसन कम्पनीहरूले सहभागिता जनाएका छन् भने ग्राहकले फाइनान्स स्किम अन्तर्गत नागरिकताकै भरमा मोटरसाइकल खरिद गर्न सक्नेछन् ।
बजाज ग्राण्ड कार्निभलमा कम्पनीले चलाइरहेको ‘खुसीको मिटर’ स्किम समेत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
बजाजले आफ्नो कम्यूटर वाइक प्लाटिना ११० मा एविएस दिएको छ । भारतीय बजारमा आज...
बजाजले आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतक २९०३ को अपडेटेड भर्सन चेतक...
बजाज अटोले आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटर चेतक ३२०१ को स्पेसल एडिसन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...