पी-१५० को इन्जिन लागेर आउँदै पल्सर एन-१५०

बजाजले पल्सर सिरिजमा अर्को नयाँ मोडल एन १५० थप गर्ने भएको छ । यसअघि पी १५० र एन १६० ल्याएको कम्पनीले यी दुई मोडलको बिचमा रहने गरी एन १५० ल्याउन लागेको हो । सो नयाँ मोटरसाइकल अहिले भारतका केही बजाज डिलरमा देखिन समेत थालिसकेका कारण छिट्टै लन्च हुनसक्ने आँकलन गरिएको छ ।

एन १६० को स्टायल र वडी वक्र्समा आधारित यसमा बजाजले इन्जिन भने पी १५० बाट लिएको छ । लुक्स र स्टायलका हिसावले यो हालको एन१६० भन्दा निकै आकर्षक र स्पोर्टी देखिएको छ । यो नयाँ मोडलमा बजाजले एन१६० को भन्दा थप एंगुलर र स्पोर्टी प्रोजेक्टर हेडल्याम्प दिएको छ ।

यो मोटरसाइकल डुअल डिस्क ब्रेक सहित सिंगल च्यानल एविएसमा समेत आउनसक्ने अनुमान गरिएको छ । यसमा जडान गरिने इन्जिनले १४.५ एचपी पावर र १३.५ एनएम टर्क जेनेरेट गर्नेछ । पल्सरको अन्य मोडलमा जस्तै यसमा पनि सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल दिइएको छ ।

यसको मूल्य पी १५० भन्दा महंगो र एन १६० भन्दा केही सस्तो पर्ने कम्पनीले जनाएको छ । भारतीय बजारमा लन्च भएपश्चात यो नयाँ मोडल नेपाली बजारमा समेत आउने आँकलन गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

अघिल्लो वर्ष ३ पटक मूल्य बढेको बजाज डोमिनार ४०० फेरी भयो १० हजार रुपैयाँले महंगो

अघिल्लो वर्ष ३ पटक मूल्य बढेको बजाज डोमिनार ४०० फेरी भयो १० हजार रुपैयाँले महंगो

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड...

नेपाली बजारमा ८ लाख ९९ हजार रुपैयाँ सम्म मूल्यका ४ क्रुजर बाइक

नेपाली बजारमा ८ लाख ९९ हजार रुपैयाँ सम्म मूल्यका ४ क्रुजर बाइक

क्रुजर बाइकको लोकप्रियता युवामाझ बढ्दै गएको छ । आरामदायी सिट पोजिसन, कम सिट...

२ लाख १६ हजार बुझाएर लिन सकिन्छ पल्सर २०० एनएस एबीएस एफआई

२ लाख १६ हजार बुझाएर लिन सकिन्छ पल्सर २०० एनएस एबीएस एफआई

नेपाली बजारमा पछिल्लो समयमा भित्रिएको बजाजको नयाँ मोटरसाइकल हो पल्सर २००...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...