पल्सर एन १५० को मूल्यमा ४ हजार रुपैयाँ वृद्धि

काठमाडौं – नेपाली बजारमा उपलब्ध बजाजको बाइक पल्सर एन १५० को मूल्यमा ४ हजार रुपैयाँ वृद्धि भएको छ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले यसको मूल्य पहिले ३ लाख ६७ हजार ९ सय रुपैयाँ रहेकोमा अब ३ लाख ७१ हजार ९ सय रुपैयाँ पु-याएको हो ।

पल्सर एन १५० पहिलो पटक गत वर्षको असार पहिलो साता देखि नेपाली बजारमा उपलब्ध भएको थियो । त्यतिबेला यसको मूल्य ३ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको थियो ।

एन १५० मा रहेको आकर्षक फिचर भनको ब्लुटुथ कनेक्टिभिटी सहितको कल तथा एसएमएस अलर्ट हो । साथमा युएसबी चार्जिङ पोर्ट पनि यो मोटरसाइकलमा उपलब्ध छ । त्यसैगरि यसको फ्युल इन्जेक्सन सिस्टम र बिएस ६ ले यो बाइकलाई झनै इफिसियन्ट बनाउने कम्पनीले जनाएको छ ।

पल्सर एन १५० एरोडायनामिक थ्रीडी फ्रन्ट सहितको स्लिक डिजाइनको उपलब्ध छ । यसको मस्कुलर डायनामिक ट्याङ्की, पातलो वेस्ट भाग र सिङ्गल फ्याट सिटले यसको लुकलाई आकर्षक बनाएको छ । शक्तिशाली र स्मूथ १४९.६८ सीसी इन्जिनले सुसज्जित पल्सर एन १५० ले १४.५ पीएस पावर र १३.५ एनएम टर्क उत्पन्न गर्छ भने यसले ४८ किमीको प्रभावशाली माइलेज पनि दिने कम्पनीले जनाएको छ ।

सुरक्षित राइडलाई लक्षित गर्दै पल्सर एन १५० मा एलइडी प्रोजेक्टर टेलल्याम्प र १७ इन्चको ट्युबलेस समावेश गरिएको छ । अलोय ह्विल पनि राखिएको छ । सुरक्षालाई झनै बलियो बनाउन यसमा सिङ्गल च्यानल एबीएस दिइएको छ ।

पल्सर एन १५० मा डिजिटल स्पिडोमिटर, ट्याकोमिटर, ट्रिपमिटर र ओडोमिटर सहित धेरै एड्भान्स फिचरहरू छन् । यसमा युएसबी चार्जिङ सहित घडी र डिस्ट्यान्स्स–टु–एम्प्टी इन्डिकेटर पनि उपलब्ध छ ।

साथै यस बाइकमा ‘क्याट’ नोटिफिकेसन र राइड कनेक्ट एप पनि उपलब्ध गराइएको छ । त्यसैगरि बाइकमा सिंगल ट्युब्युलर ह्यान्डल र प्यासेन्जर फुटरेस्टको सुविधा पनि रहेको छ ।

सम्बन्धित समाचारहरू

भृकुटीमण्डपमा चल्दै बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’, यस्ता छन् आकर्षक अफर

भृकुटीमण्डपमा चल्दै बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’, यस्ता छन् आकर्षक अफर

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

ट्रायम्फ स्पिड अव ३५० सिसी इन्जिनमा पनि आउने

ट्रायम्फ स्पिड अव ३५० सिसी इन्जिनमा पनि आउने

बजाजले आफ्नो प्रिमियम मोटरसाइकल ट्रायम्फ स्पिडलाई ३५० सिसी इन्जिनमा समेत...

बजाजले १२५ सीसी सेगमेन्ट विस्तार गर्ने, डोमिनार पनि १२५ सीसीमा आउने सम्भावना

बजाजले १२५ सीसी सेगमेन्ट विस्तार गर्ने, डोमिनार पनि १२५ सीसीमा आउने सम्भावना

बजाज मोटरसाइकल ग्राहक माझ धेरै लोकप्रिय छ । अब बजाजले १२५ सीसी लाइनअप पनि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...