क्रिकेट एक्सिलेन्स सेन्टरलाई बजाजको प्रायोजन, बन्यो पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) लाई प्रायोजन गर्ने सम्झौता गरेको छ । यसपछि क्रिकेट एक्सिलेन्स सेन्टरको नाम परिवर्तन भई पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर हुनेछ ।

हस्ताक्षर समारोहमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले क्रिकेट एक्सिलेन्स सेन्टरसँग आबद्ध हुन पाउँदा अत्यन्त खुसी भएको बताउदै बजाज पल्सरले नेपालमा खेलकुदलाई सधैं प्रवर्द्धन गर्दै आइरहेको र यो सहकार्यले पक्कै पनि देशभरबाट थप गुणस्तरीय क्रिकेटरहरू उत्पादन गर्न मद्दत गर्ने बताए । उनले बजाज पल्सर नेपालमा खेलकुदको विकासका लागि सदैव प्रतिबद्ध भएको र आगामी दिनमा पनि समेत रहने बताए ।

त्यस्तै पूर्व कप्तान पारस खड्काले बजाज पल्सरसँग आबद्ध हुन पाउँदा निकै खुसी लागेको बताउदै नेपाली खेलकुदलाई क्रिकेटमा मात्र नभई लगभग सबै खेलकुदमा सहयोग गरेकोमा हृदयदेखि नै आभारी भएको बताए ।

क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) क्रिकेटरहरूलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो, जसले घरेलु खेलाडीहरू विकास गर्ने र क्रिकेटमा व्यावसायिक करियरको लागि मार्गदर्शन गर्ने लक्ष्य राख्दछ ।

गुणस्तरीय क्रिकेट प्रशिक्षण, विश्वस्तरीय क्रिकेट पूर्वाधार र विज्ञहरूबाट सिक्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ पूर्व कप्तान पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्लले यसको स्थापना गरेका हुन् ।

सम्बन्धित समाचारहरू

नयाँ कलरमा आउँदै निन्जा ३०० विएस६, केहि दिनभित्रै लन्च गरिने

नयाँ कलरमा आउँदै निन्जा ३०० विएस६, केहि दिनभित्रै लन्च गरिने

जापनिज टु ह्विलर निर्माता कावासकीले आफ्नो इन्ट्रि लेवल स्पोर्टस् वाइक...

३ नयाँ फिचर थपिएर आयो पल्सर एनएस १२५

३ नयाँ फिचर थपिएर आयो पल्सर एनएस १२५

बजाजले पल्सर सिरिजको एनएस मोडललाई अपग्रेड गरिरहेको छ । कम्पनीले पल्सर...

एउटै मोटरसाइकलको मूल्यमा एकै पटक ४५ हजार मूल्य कमी

एउटै मोटरसाइकलको मूल्यमा एकै पटक ४५ हजार मूल्य कमी

काठमाडौं – बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...