१२५ सीसी सम्मका बजाज मोटरसाइकल किन्दा सामसुङको रेफ्रिजेरेटर पाइने
काठमाडौं – नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...
नयाँ पल्सर २५० आगामी अक्टोबर २८ देखि भारतीय बजारमा बिक्रीका लागि उपलब्ध हुने भएको छ । यो भन्दा पहिले कम्पनीले सो मोडलको आधिकारिक टिजर सार्वजनिक गरेको छ । टिजर भिडियोमा नयाँ पल्सर २५० को एक्सटेरियर डिजाइन देखाइएको छ । यसबाट पल्सर लाइनमा यो प्रमुख मोडल बन्ने अनुमान गर्न सकिन्छ ।
आकर्षक लुक र पावरफुल इन्जिनयुक्त नयाँ पल्सर २५० धेरै पहिले देखि नै युवाहरुका लागि प्रतीक्षारत बाइक हो । बाइकको एक्सटेरियर डिजाइनका साथ बाइकको केही प्रमुख फिचर पनि यसबाट खुलासा भएको छ ।
यसमा नयाँ पल्सर २५० को इन्जिन लेआउट पनि देखाइएको छ । बाइकमा सिंगल सिलिन्डर आयलकुल्ड इन्जिन दिइएको छ । सो इन्जिन पल्सर २२०एफ मोटरसाइकलमा उपलब्ध पावरट्रेनको रिबोर भर्सन हुन सक्ने सम्भावना छ । सो इन्जिनले करिव २६ पीएसको पावर र २२ एनएमको टर्क जेनेरेट गर्छ । यद्यपि यसको आधिकारिक जानकारी अक्टोबर अन्त्यमा नै सार्वजनिक हुनेछ ।
लुक र डिजाइनका आधारमा हेर्दा नयाँ पल्सरमा हाल उपलब्ध २२०एफ मोडल जस्तै सेमी फेयर्ड डिजाइन हुनेछ । स्प्लिट सिट र टेलिस्कोपिक फ्रन्ट फोर्क्सका साथ फेयरिङ माउन्टेड रियरभ्यु मिरर हुनेछ । बाइकको इन्स्ट्रयुमेन्टल प्यानल कस्तो हुनेछ भन्ने वारेमा कम्पनीले केही बताएको छैन । यद्यपि यसमा सेमी डिजिटल प्यानल हुने सम्भावना छ ।
टिजर अनुसार बाइकमा चमकदार एलईडी डीआरएल हुनेछ भने एक भेरिएन्टमा प्रोजेक्टर हेडल्याम्प पनि हुनेछ । बाइकमा अलोय ह्विल र इन्जिन प्रोटेक्सनका लागि बेली प्यान समेत उपलब्ध हुनेछ ।
पल्सर २५० को आधिकारिक भिडियो यहाँ हेर्न सकिन्छ ।
नेपाली बजारमा समेत केही समय पछि यो मोटरसाइकल उपलब्ध हुने अनुमान गर्न सकिन्छ । यद्यपि कहिले देखि भनेर अहिले नै भन्न सकिदैन ।
काठमाडौं – नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...
भारतको दिग्गज टु ह्विलर कम्पनी बजाज अटोले बजाज पल्सर २५० रेन्जमा दुई...
टु–ह्विल निर्माता कम्पनी बजाजले नयाँ बाइक लन्च गर्ने भएको छ । मिडिया...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...