टाटाले २०२५ सम्ममा १० नयाँ इलेक्ट्रिक कार लन्च गर्ने, अल्ट्रोज पनि ईभीमा आउने
टाटा मोटर्सले टाटा नेक्सन ईभी, टियागो ईभी, टिगोर ईभी र पन्च ईची लन्च...
काठमाडौं– लामो सयमदेखी ईभी पारखीले प्रतिक्षा गर्दै आएको टाटा पन्च नाडा अटो शोमा लन्च भएको छ । नेपालका लागि आधिकारिक वितरक सिप्रदि ट्रेडिङले यसलाई तीन भेरिएन्टमा बिक्री गर्ने जनाएको छ । जसको मूल्य एम्पावर्ड प्लस एसएमआरलाई ३३ लाख ९९ हजार, एलआरको ३६ लाख ९९ हजार र प्लस एसएलआरको ३८ लाख ९९ हजार तोकिएको छ ।
टाटाका अन्य ईभीभन्दा फरक यसमा डेडिकेटेड ईभी प्लेटफर्म ‘एक्ट ईभी’ प्रयोग गरिएको छ । पर्फमेन्स निकै राम्रो रहेको र नेपालको अटो बजारमा सिप्रदिले आर्जन गरेको छुट्टै लिगेसीका कारण पनि पन्च ईभीले नेपाली ईभी पारखीको विश्वास जित्नेमा ढुक्क हुन सकिन्छ ।
लुक्सको कुरा गर्नुपर्दा अगाडि कनेक्टेड एलईडी डीआरएल, स्प्लीट हेडलाइट तथा मस्कुलर बडी सेपले यसलाई निकै आकर्षक बनाएको छ । कारमा नयाँ डिजाइनको टु स्पोक फ्ल्याट बटम स्पोर्टी स्टेरिङ ह्वील, १०.२५ इन्चको फ्लोटिङ सेन्टर स्क्रीन तथा फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरका साथै लेदरेट सिट कभर पाउन सकिन्छ ।
साथै यसमा भेन्टिलेटेड सिट, ३६० डिग्री क्यामेरा सेन्टर कन्सोलमा रोटरी गियर सेलेक्टर, इलेक्ट्रीक पार्किङ ब्रेक तथा वायरलेस मोबाइल चार्जिङ प्याड राखिएको छ ।
सानो एसयूभीमा पनि सनरुफ पाइनु यसको अर्को विशेषता हो । भ्वाइस कमाण्डबाटै सनरुफ खोल्न र बन्द गर्न सकिन्छ । पछिडी वस्ने यात्रुलका लागि समेत प¥याप्त स्पेस, लगेजका लागी ठूलो स्पेस र आर्मरेष्ट सहितको सिट लगायत विशेषताले यात्रालाई आरामदायी बनाउँछ ।
पन्च ईभीमा टाटाले ३५ किलोवाट आवरको ब्याट्री प्याक अप्सन दिएको छ । यसमा मोटर भने ९० किलोवाटको छ । यो कारलाई एकपटक फुल चार्ज गरेपछि ३०० किलोमिटरसम्म रेन्ज पाइने दावी गरिएको छ
टाटा मोटर्सले टाटा नेक्सन ईभी, टियागो ईभी, टिगोर ईभी र पन्च ईची लन्च...
टाटा मोटर्सले हालै नेक्सन, हेरियर ईभी, पन्च ईभी र कर्भ कुप जस्ता इलेक्ट्रिक...
सुरक्षाका हिसाबले कारको सेफ्टी परिक्षण हुनु आवश्यक छ । कारको सुरक्षा जाँच...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...