चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
काठमाडौँ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वलाई...
काठमाडौं – सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै भाडा बढाएको जानकारी दिएको छ । विभागले यात्रुवाहक सवारीको भाडा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको २० प्रतिशत र तराई बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा २६ प्रतिशतले वृद्धि गरिएको जनाएको छ ।
विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण हुँदै आएको छ । भाडा निर्धारणका अन्य सूचकलाई विगत २०७२ साल देखि यथावत राखी इन्धनलाई मात्र आधार मानी भाडा समायोजन गरिएको विभागको सूचनामा उल्लेख छ ।
सार्वजनिक यातायात सञ्चालनसंग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको बजार अध्ययन तथा विश्लेषण र सरोकारवाला पक्षहरुसंग गरिएको परामर्श समेतका आधारमा पहिचान गरिएका यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, व्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायतका मुख्य सूचकहरुमा देखिएको मूल्य वृद्धिको आधारमा सार्वजनिक यातायातका भाडा बढाइएको सूचनामा उल्लेख छ ।
सवारीको भाडामा गरिनु पर्ने समायोजनका सम्बन्धमा २०७८ असार २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको (मन्त्रीस्तर) को सहमति समेत प्राप्त भएको छ ।
दुई वा सो भन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रियस्तरका सार्वजनिक यातायात रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीहरुको भाडादर विभागको २०७८ असार २९ गतेको निर्णयानुसार सोही मितिदेखि लागू हुने गरी समायोजन गरिएको सूचनामा उल्लेख छ ।
२०७५ असोज ७ गते समेत बजार अध्ययनबाट नभई समग्रमा १० प्रतिशत भाडावृद्धि गरी समायोजन गरिएको थियो । विगत लामो समयदेखि बजार अध्ययन हुन नसकेकोले वैज्ञानिक भाडादर लागू हुन सकेको अवस्था थिएन ।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...