भोलिदेखि काठमाडौंमा प्रोटोन ईमासको एक्सचेन्ज अफर

काठमाडौं– जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुने विद्युतीय सवारीसाधन (ईभी) ब्रान्ड प्रोटोन ईमासले विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

कार्यक्रम भोलि (शुक्रबार) देखि आइतबारसम्म काठमाडौंको ज्ञानेश्वरस्थित एटीकमा आयोजना हुनेछ । एक्सचेन्ज अफर अन्तर्गत ग्राहकले ४६ लाख ९९ हजारमै ईमास७ खरिद गर्न सक्नेछन् ।

तीनदिन सञ्चालन हुने सो कार्यक्रममा विद्यमान सवारीसाधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन ईमासका प्रमुख विशेषता, सेवासुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ ।

प्रोटोन ईमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर प्रदान गर्दछ भने यसमा १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ रहेको छ ।

उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो ईभीको लम्बाइ ४६१० मिमी रहेको कम्पनीले उल्लेख गरेको छ । यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक ईभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने कम्पनीको भनाई छ ।

सम्बन्धित समाचारहरू

एमजीको दशैं, तिहार र छठको लागि ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक, गाडी किन्दा ४ लाख सम्म छुट

एमजीको दशैं, तिहार र छठको लागि ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक, गाडी किन्दा ४ लाख सम्म छुट

काठमाडौं – नेपालमा एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले...

शुरुमा ७ लाख २० हजार बुझाएर सिट्रोनको नयाँ इलेक्ट्रिक कार ई–सी३ साइन लिन सकिने

शुरुमा ७ लाख २० हजार बुझाएर सिट्रोनको नयाँ इलेक्ट्रिक कार ई–सी३ साइन लिन सकिने

काठमाडौं – सिट्रोनको नयाँ इलेक्ट्रिक कार ई–सी३ साइन शुरुमा ७ लाख १९ हजार ८...

युरोपमा सार्वजनिक भयो दिपल ईभी ब्रान्ड

युरोपमा सार्वजनिक भयो दिपल ईभी ब्रान्ड

चांगान अटोमोबाइलले सेयरिङ द फयुचर थिममा जर्मनीमा २०२५ चांगान युरोप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...