जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया हुने, इलेक्ट्रिक स्कुटर साट्न सकिने
काठमाडौं – सीएफ मोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि...
काठमाडौं–जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुँदै आएको ईभी ब्रान्ड प्रोटोन ईमासले काठमाडौं र चितवनमा विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कम्पनीका अनुसार पुस ६, ७ र ८ गते (डिसेम्बर २१, २२ र २३) तीन दिनसम्म काठमाडौं र चितवनमा यो विशेष अफर लागू हुनेछ । काठमाडौं उपत्यकामा कार्यक्रम ललितपुरस्थित संस्कार फाइन डाइन एण्ड इभेन्ट्समा आयोजना गरिनेछ भने चितवनमा मिलनचोकस्थित प्रोटोन ईमासको शोरुममै कार्यक्रम सञ्चालन हुनेछ ।
कार्यक्रम अवधिमा विद्यमान सवारीसाधन एक्सचेन्ज गर्न चाहने ग्राहकलाई प्रोटोन ईमासका मोडल, तिनका प्रमुख विशेषता, सेवा–सुविधा तथा विशेष अफरबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ । एक्सचेन्ज अफरअन्तर्गत प्रोटोन ईमास ७ को मूल्य ४७ लाखबाट सुरु हुने बताइएको छ ।
प्रोटोन ईमास ७ मा १६० किलोवाट क्षमताको शक्तिशाली मोटर, १८० मिमी ग्राउन्ड क्लियरेन्स तथा एनइडिसी रेन्ज ४९२ र ५८५ किलोमिटर रहेको छ । उन्नत सुरक्षा प्रणाली, प्रिमियम डिजाइन र ४६१५ मिमी लम्बाइले यस इभीलाई अझ आकर्षक बनाएको कम्पनीको दाबी छ ।
यस विशेष एक्सचेन्ज अफरमार्फत ग्राहकहरूले अत्याधुनिक, सुरक्षित र वातावरणमैत्री इलेक्ट्रिक सवारीसाधनमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने कम्पनीले जनाएको छ ।
काठमाडौं – सीएफ मोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि...
इन्जिनलाई कारको आत्मा भनिन्छ किनभने इन्जिन बिना कार चल्न सक्दैन। त्यस्तै,...
काठमाडौं – विद्युतीय सवारीसाधन उत्पादनमा विश्वकै अग्रणी कम्पनी बीवाईडी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...