प्रोटोनको ईभी कार नेपाली बजारमा ल्याउने अन्तिम तयारी, मार्च तेस्रो साता सम्म नेपालमा लन्च हुने

काठमाडौँ । जगदम्बा मोटर्सले नेपालमा मलेसियन प्रोटोन इमास ७ ईभी कार ल्याउने भएको छ । मलेसियामा गत डिसेम्बरमा लन्च भएको प्रोटोनको ईभी इमास ७ कार अब नेपाली बजारमा आउने भएको हो ।

प्रोटोनले मलेसियापछि नेपालसहित त्रिनिदाद एन्ड टोबागो, सिंगापुर र मौरिशसमा पनि ‘इमास ७’ इभी लन्च गर्ने तयारी गरेको छ । प्रोटोन ‘इमास ७’ प्राइम र प्रिमियम गरि दुई भेरिएन्टमा उपलब्ध रहेका छन् ।

प्रोटोन इमास ७ ले आसियान एनक्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ र यसले कुल ९२.५७ अंक प्राप्त गरेको छ । जसमा वयस्क यात्री सुरक्षामा ३९, बाल यात्री सुरक्षामा १७.३२, सुरक्षा सहायतामा २० र मोटरसाइकल चालक सुरक्षामा १६.२५ अंक प्राप्त गरेको छ ।

यी मूल्याङ्कनहरूले ‘इमास ७’ ले यात्री र सडक प्रयोगकर्ताहरूको सुरक्षा प्राथमिकतामा राखेको स्पष्ट हुन्छ ।

शंकर ग्रुपको टु ह्विलर र फोर ह्विलरको नेपालका लागि आधिकारिक विक्रेता रहेको जगदम्बा मोटर्सले जनवरी महिनामै डेमो कार काठमाडौँ ल्याउने बुझिएको छ भने कम्पनीले आधिकारिक जानकारी नदिए पनि मार्चको तेस्रो सातासम्म नेपालमा लन्च गर्ने तयारी गरेको छ ।

हाल नेपालमा ईभी बजार आकर्षित भएको समयमा ‘इमास ७’ ले नेपाली ग्राहकहरूको आवश्यकताअनुसार उन्नत सुविधाहरू र अत्याधुनिक प्रविधि प्रदान गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

चेरीले ल्यायो ४०८ किलोमिटरसम्म रेन्ज दिने नयाँ मिनी ईभी

चेरीले ल्यायो ४०८ किलोमिटरसम्म रेन्ज दिने नयाँ मिनी ईभी

चिनियाँ अटो निर्माता चेरीले लिटिल एन्ट नामको नयाँ मिनी ईभी लन्च गरेको छ ।...

ओमोडा, जेइको र जेटुर पछि अब चेरीको अर्को सब–ब्रान्ड हुनेछ लेपास

ओमोडा, जेइको र जेटुर पछि अब चेरीको अर्को सब–ब्रान्ड हुनेछ लेपास

हालै चीनमा सम्पन्न २०२४ चेरी इन्टरनेसनल युजर समिटमा चेरीले...

नेपालमा ५ सय युनिट टाटा नेक्सन ईभी बुकिङ, अब बुकिङ गर्नेले २०२२ मा मात्र गाडी पाउने

नेपालमा ५ सय युनिट टाटा नेक्सन ईभी बुकिङ, अब बुकिङ गर्नेले २०२२ मा मात्र गाडी पाउने

काठमाडौं – नेपाली बजारमा ५ सय युनिट भन्दा बढी टाटाको इलेक्ट्रिक कार नेक्सन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...