प्रोटोनको दोस्रो ईभी ईमास ५ यही वर्ष आउने

नेपाली बजारमा हालै प्रोटोनको नयाँ ईभी ईमास ७ भित्रिएको छ । मलेसिया पछि अन्तर्राष्ट्रिय रुपमै पहिलो पटक नेपाली बजारमा भित्रिएको सो ईभीले अहिले चर्चा पाइरहेको छ ।

यसै सन्दर्भमा प्रोटोनको दोस्रो ईभीको रुपमा ईमास ५ (e.MAS 5) यही वर्ष डेब्यु हुने समाचार सार्वजनिक भएको छ । प्रोटोनका डेपुटी सीईओ रोस्लान अब्दुल्लाहले सञ्चारकर्मी र व्यवसायीहरुका बिचमा यो कुराको पुष्टि गरेका हुन् ।

मलेसियामा अर्को प्रतिस्पर्धी ब्रान्ड पेरोडुवाले ब्याट्री लिजिङ स्किमका साथ पहिलो ईभी मोडल सार्वजनिक गर्ने तयारी गरिरहेको अवस्थामा त्यसको जवाफको रुपमा अब्दुल्लाहले यो कुरा सार्वजनिक गरेको समेत बताइएको छ । यद्यपि प्रोटोनको सो नयाँ मोडलको अन्य विस्तृत जानकारी भने अब्दुल्लाह वा प्रोटोन कसैले पनि सार्वजनिक गरेका छैनन् ।

यो भन्दा पहिले पनि प्रोटोनको दोस्रो ईभी मोडलको वारेमा भने मलेसियामा धेरै चर्चा भइरहेको थियो । प्रोटोनका सीईओ लि चुनरोङले समेत यसको वारेमा जानकारी प्रदान गरेका थिए । त्यसैगरी विभिन्न चर्चाहरु समेत चल्ने गरेका छन् ।

चर्चा अनुसार प्रोटोनको दोस्रो ईमास मोडल जिलीको सानो ईभी जिओम जिङयुआनमा आधारित हुन सक्ने सम्भावना छ । यो भन्दा पहिले पनि प्रोटोनले आफ्ना डिलरहरुका बिचमा पुरानो टिजर भिडियो देखाएको थियो । यसमा देखिएको सिल्हुट जिङयुआन ह्याचब्याक जस्तै देखिएको थियो ।

जिङयुआन ह्याचब्याक १३५ किलोमिटर प्रतिघण्टाको गतिमा दौडन सक्छ र यसले ११४ एचपी अर्थात ८५ किलोवाटको पावर जेनेरेट गर्छ । यसमा भएको ३०.१२ किलोवाट आवरको सीएटीएलमा आधारित एलएफपी ब्याट्री प्याकले सीएलटीसी अनुसार ३१० किलोमिटर र अर्को ४०.१६ किलोवाट आवरको ब्याट्री प्याकले ४१० किलोमिटरको रेन्ज दिन्छ ।

सम्बन्धित समाचारहरू

टोयोटाको पहिलो इलेक्ट्रिक एसयूभी भारतमा लन्च हुँदै

टोयोटाको पहिलो इलेक्ट्रिक एसयूभी भारतमा लन्च हुँदै

टोयोटा मोटरले भारतमा आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी आधिकारिक रूपमा लन्च...

इलेक्ट्रिक स्कुटर लेभ्निङ एलएस०१ : अशक्त व्यक्तिका लागि बरदान, १० हजारमै उपलब्ध

इलेक्ट्रिक स्कुटर लेभ्निङ एलएस०१ : अशक्त व्यक्तिका लागि बरदान, १० हजारमै उपलब्ध

काठमाडौं – नेपाली बजारमा विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटर उपलब्ध...

मोदी संगको भेटपछि मस्कले सुरु गरे भारतमा टेस्लाको काम

मोदी संगको भेटपछि मस्कले सुरु गरे भारतमा टेस्लाको काम

अमेरिकी ईभी निर्माता टेस्लाले आफ्ना सीईओ एलोन मस्कले वाशिंगटन डीसीमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...