सवारी आयात प्रतिवन्ध हटाउन प्रधानमन्त्री सकारात्मक, नेपालमै विद्युतीय सवारी एसेम्बलिङ गर्न सुझाव

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवासँग भेट गरेको छ । उक्त भेटघाटमा प्रधानमन्त्री देउवाले नाडाको उक्त प्रतिनिधि मण्डललाई निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध हटाउन सकारात्मक रहेको बताए । यसका साथै प्रधानमन्त्री देउवाले सवारी साधन पैठारीकर्ताहरुले अव नेपालमै विद्युतीय सवारी साधनहरुको एसेम्बलिङ्ग प्लाण्ट स्थापना गरी बढदो व्यापार घाटा कम गर्न सुझाव समेत दिए ।

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष थापाले भने, ‘नेपालमा पैठारी हुने हजारौ बस्तुहरु मध्ये कार, जिप र भ्यान जस्ता सवारी साधनहरु मात्र यस्तो बस्तु हुन् जसले आयातको तुलनामा झण्डै दोब्बर भन्दा बढी राजस्व योगदान पु¥याउने गर्दछ ।’ उनले यस तथ्यले नेपालको बढ्दो व्यापार घाटा र शोधनान्तर घाटामा यसको अंश अत्यन्त सानो भए पनि योगदान भने धेरै उच्च रहेको समेत स्पष्ट हुन्छ भन्दै यसै यथार्थताहरुलाई मनन गर्दे कार, जिप र भ्यान जस्ता निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध फुकाउनका लागि आवश्यक पहल गरी दिन आग्रह गरे ।

यसै क्रममा अध्यक्ष थापाले नाडा अटो एक्सपो २०२२ यही २०७९ सालको भाद्र ७ गते देखि १२ गतेसम्म काठमाडौको भृकुटी मण्डपमा सम्पन्न गर्ने निर्णय गरिएकोमा सो आयोजनाका लागि समेत नयाँ सवारी साधनहरुको आयात सुचारु हुनु आवश्यक भएकोले पनि सो प्रतिवन्ध खुल्ला गरि दिन आग्रह गरे ।

सो भेटघाट तथा छलफलमा उपाध्यक्ष सुनिल रिजाल, कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्यहरु आकाश गोल्छा तथा कपिल शिवाकोटी समेतको उपस्थिति रहेको नाडाले बताएको छ ।

सम्बन्धित समाचारहरू

प्रवेशको नजरमा : नाडाको नयाँ नेतृत्वले गर्नु पर्ने आवश्यक २० कार्यहरु

प्रवेशको नजरमा : नाडाको नयाँ नेतृत्वले गर्नु पर्ने आवश्यक २० कार्यहरु

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्व चयन हुँदैछ । देशभरका...

नाडा र नाडाका संस्थागत एसोसिएसन बिच वृहत अन्तर्क्रिया सम्पन्न

नाडा र नाडाका संस्थागत एसोसिएसन बिच वृहत अन्तर्क्रिया सम्पन्न

काठमाडौं – अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा नाडा अटोमोबाइल्स...

नाडा अटो शो अनिश्चित, अध्यक्ष भन्छन् – भदौ अन्तिम सम्म गर्ने प्रयास हुनेछ

नाडा अटो शो अनिश्चित, अध्यक्ष भन्छन् – भदौ अन्तिम सम्म गर्ने प्रयास हुनेछ

काठमाडौं – सवारी साधनको कुम्भ मेलाको रुपमा परिचित नाडा अटो शो यो वर्ष भदौ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...