५ हजार सम्मले महंगो भयो बजाज मोटरसाइकल, यस्तो छ नयाँ मूल्य

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले १० वटा मोटरसाइकलमा मूल्य बृद्धि गरेको छ । यी मोटरसाइकलमा २ देखी ५ हजार रुपैयाँसम्म बढाएर कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । वाँकी मोटरसाइकलमा भने पुरानै मूल्यलाई निरन्तरता दिइएको छ ।

कम्पनीले एभेन्जर १६० स्ट्रिट, पल्सर २०० एनएस एविएस, पल्सर १६० एन डुअल एविएस विएस६ र डिस्कोभर १२५ मा ५ हजारका दरले मूल्य बढाएको छ भने पल्सर १५० र पल्सर १२५ मा ३ हजारका दरले बृद्धि गरेको छ । यसैगरी प्लाटिनमा २ हजार रुपैयाँ बढाएको छ ।

यसअघि ३ लाख ५६ हजार ९०० रुपैयाँमा बिक्री हुँदै आएको एभेन्जर १६० को नयाँ मूल्य ३ लाख ६१ हजार ९०० पुर्याइएको छ भने ३ लाख ७९ हजार ९०० मा बिक्री हुँदै आएको पल्सर एनएस २०० एविएसको ३ लाख ८४ हजार ९०० पुगेको छ ।

यसैगरी, ३ लाख ८६ हजार ९०० मा बिक्री हुँदै आएको पल्सर १६० एन डुअल एविएसको नयाँ मुल्य ३ लाख ९१ हजार पुगेको छ भने २ लाख ३१ हजार ९०० पर्ने डिस्कोभर १२५ डीको नयाँ मूल्य २ लाख ३६ हजार ९०० र २ लाख ३८ हजार ९०० मा बिक्री हुँदै आएको डिस्कोभर १२५ एसटीको २ लाख ४३ हजार ९०० पुगेको छ ।

पल्सर १५० एसडीमा र टीडीमा ३ हजार रुपैयाँ वढाएर क्रमशः २ लाख ९३ हजार ९०० र ३ लाख ११ हजार ९०० पु¥याइएको छ भने प्लाटिनामा २ हजार बृद्धि भई १ लाख ९९ हजार ९०० पुगेको छ । यी मोटरसाइकलको मूल्य यसअघि क्रमशः २ लाख ९० हजार ९००, ३ लाख ८ हजार ९०० र १ लाख ९७ हजार ९०० तोकिएको थियो ।

सम्बन्धित समाचारहरू

बजाज ग्रान्ड कार्निभलबाट सबैभन्दा ठूलो पल्सरको डेलिभरी प्रारम्भ

बजाज ग्रान्ड कार्निभलबाट सबैभन्दा ठूलो पल्सरको डेलिभरी प्रारम्भ

काठमाडौं – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द...

एउटै मोटरसाइकलको मूल्यमा एकै पटक ४५ हजार मूल्य कमी

एउटै मोटरसाइकलको मूल्यमा एकै पटक ४५ हजार मूल्य कमी

काठमाडौं – बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द...

२५ हजार रुपैयाँले घट्यो बजाज डोमिनार २५० को मूल्य : अन्य केही मोडलमा सामान्य वृद्धि

२५ हजार रुपैयाँले घट्यो बजाज डोमिनार २५० को मूल्य : अन्य केही मोडलमा सामान्य वृद्धि

काठमाडौं – बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...