नेपालमै बनेको स्कुटर यात्री पी२ को प्रारम्भिक मूल्य ३ लाख २९ हजार ९ सय

काठमाडौं – सिप्रदी यात्रीले गत नाडा अटो शो २०२६ मा सार्वजनिक गरेको इलेक्ट्रिक स्कुटर यात्री पी२ को मूल्य सार्वजनिक भएको छ । कम्पनीले यसको सुरुवाती भेरियन्टको मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ तोेकेको छ । सामाजिक सञ्जालमार्फत सो मूल्य सार्वजनिक गरिएको हो ।

यात्री पी२ बजारमा ३ किलोवाट आवर, ३.७ किलोवाट आवर र ५.२ किलोवाट आवर गरी तीन फरक ब्याट्री अप्सनमा उपलब्ध छ, जसले क्रमशः ९० किमी, ११२ किमी र १५७ किमीसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । सबै भेरियन्टमा थप १.८ किलोवाट आवरको ब्याट्री थप गर्न सकिन्छ, यसले थप ५० किमी रेन्ज बढाउने कम्पनीको भनाइ छ।

स्कुटर सेग्मेन्टमै पहिलोपटक दिइएको ३.३ किलोवाटको डीसी फास्ट चार्जरबाट यो स्कुटर केवल ४१ मिनेटमै ८० प्रतिशतसम्म चार्ज हुन्छ भने होम चार्जर प्रयोग गर्दा २ घण्टा ५० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

स्कुटरको ग्रेडेबिलिटी अर्थात् उकालो चढ्ने क्षमता २१ डिग्री छ। यो औसत विद्युतीय स्कुटरको १०–१५ डिग्रीको तुलनामा बढी हो। यसले पी२ लाई उकालो तथा भौगोलिकरूपमा चुनौतीपूर्ण सडकमा समेत प्रयोग गर्न लक्षित गरिएको देखाउँछ।

यसको ३.७ र ५.२ किलोवाट आवर भेरियन्टको डेलिभरी आगामी अक्टोबरको मध्यदेखि नोभेम्बरसम्म गरिने जनाइएको छ भने डिसेम्बरदेखि सबै भेरियन्ट उपलब्ध हुनेछ ।

यात्री मोटरसाइकलले सिप्रदीसँगको सहकार्यमा स्कुटर प्रोजेक्ट अघि बढाएको थियो । त्यसअघि यात्रीले दुई मोटरसाइकल नेपालमै डिजाइन तथा उत्पादन गरेर बिक्रीमा ल्याइसकेको छ ।

नेपाली युवाहरुको समूहले नेपालमै बनाएको भनेर चर्चा कमाएको यात्री मोटरसाइकलले नम्बर प्लेट नपाएको र यसका कारण उत्पादन नै बन्द गर्नुपरेको समाचारका कारण धेरैको ध्यान तानिएको थियो । पछि दर्ताका लागि आवश्यक कानुनी व्यवस्था गरिए पश्चात नम्बर प्लेट उपलब्ध भएको थियो । कम्पनीले पी० र पी१ गरी दुई मोडलका मोटरसाइकल उत्पादन गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...