१५० सिसी सेग्मेन्टमा यामाहा मोटरसाइकल, यस्तो छ ७ मोडलको मूल्य

काठमाडौं– नेपालको टु–ह्विलर बजारमा स्थापित ब्रान्ड हो यामाहा । स्पोर्टी लुक्स र नयाँ प्रविधीका कारण युवा राइडरको पहिलो रोजाई बन्न सफल यो ब्रान्डसंग हाल नेपाली बजारमा १० वटा मोडलका मोटरसाइकल उपलब्ध छन् । जसमध्ये ७ वटा मोडल १५० सिसी सेग्मेन्टमा पर्छ भने बाँकी दुईवटा २५० र एउटा १२५ सिसी सेग्मेन्टमा उपलब्ध छ ।

१५० सिसी सेग्मेन्टमा सबैभन्दा बढी मोडल उपलब्ध रहेका कारण पनि पछिल्लो समय सो सेग्मेन्टमा यामाहाले बजारको नेतृत्व लिँदै आएको छ । यो सेग्मेन्टमा यामाहासंग सबैभन्दा सस्तोमा २ लाख ७२ हजार पर्ने एसजेड आरआर देखी महंगेमा ६ लाख २० हजारको स्पोर्टस बाइक आर१५ एम भी४ सम्मका मोडल उपलब्ध छन् ।

आर१५ को भी३ भर्सनलाई भने नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बिक्री गर्दै आएको छ भने यसको भी४ ब्लु कलरलाई ६ लाख ५ हजार र रेड–ब्ल्याकलाई ५ लाख ९५ हजार पर्छ ।

यसैगरी डर्ट सेग्मेन्टमा ५ लाख ७० हजार पर्ने एक्सटिजेड उपलब्ध छ भने पछिल्लो समय युवा राइडरले सर्बाधिक रुचाएको मोडल एमटी १५ को मूल्य ५ लाख १० हजार र ५ लाख १५ हजार रुपैयाँ पर्छ । आर१५ र एमटी १५ मा यामाहाले १५५ सिसीको सिंगल सिलिन्डर, लिक्वड कुल्ड, एफआई इन्जिन दिएको छ ।

सबैभन्दा बढी बिक्री हुने एफजेड सिरिजमा यामाहासंग एफजेडएक्स, एफजेडएस भी२ तथा भी३ र एफजेड भी२ एबं भी३ मोडल उपलब्ध छ । जसमध्ये एफजेडएक्सलाई ४ लाख ४६ हजार, एफजेडएस भी२ को ३ लाख ६६ हजार तथा यसकै भी३ लाई ४ लाख ५ हजार रुपैयाँ पर्छ ।

साथै एफजेड भी२ को मूल्य ३ लाख ४० हजार र यसकै भी३ स्ट्यान्डर्डलाई ३ लाख ८० हजार पर्ने कम्पनीले जनाएको छ । एफजेड भी३ स्ट्यान्डर्डलाई कम्पनीले केही दिनअघि लन्च गरेको हो । यमाहाका यी सवैजसो बाइकमा एफआई इन्जिन जडान गरिएको छ ।

सम्बन्धित समाचारहरू

बढ्दै छ यामाहा बाइक र स्कुटरको मूल्य, ल्यायो ८ हजार सम्म छुट सहितको स्किम

बढ्दै छ यामाहा बाइक र स्कुटरको मूल्य, ल्यायो ८ हजार सम्म छुट सहितको स्किम

काठमाडौं – यामाहा बाइक र स्कुटरको मूल्य छिट्टै नै बढ्ने भएको छ । यामाहाको...

मोटरसाइकल र स्कुटरको बिक्रीमा आक्रमक देखियो यामाहा, नयाँ मोडल भित्राउने मामलमा समेत अगाडी

मोटरसाइकल र स्कुटरको बिक्रीमा आक्रमक देखियो यामाहा, नयाँ मोडल भित्राउने मामलमा समेत अगाडी

यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेज...

यामाहा सेल्स स्किल कन्टेष्टका क्षेत्रीय विजेताहरूको नाम घोषणा, राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

यामाहा सेल्स स्किल कन्टेष्टका क्षेत्रीय विजेताहरूको नाम घोषणा, राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

काठमाडौं– यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...