हुन्डाई बिक्रेता लक्ष्मी ग्रुपले सार्वजनिक ग-यो नेपाल भित्र्याउने इलेक्ट्रिक कारको मूल्य

काठमाडौं – नेपाली बजारमा भित्रिने सार्वजनिक भएको चेरीको सब–ब्रान्ड काइई अटोमोबाइल्सको इलेक्ट्रिक कार एक्स३ प्रोको मूल्य सार्वजनिक भएको छ । नेपाली बजारमा लक्ष्मी ई–मोबिलिटीले भित्र्याउन लागेको सो इलेक्ट्रिक कारको मूल्य ५२ लाख ९६ हजार रुपैयाँ सार्वजनिक भएको छ ।

यो भन्दा पहिले एलआरआर ग्रुपले पनि यही गाडी नेपाली बजारमा भित्र्याउने र करिव एक महिना भित्रै नेपाली बजारमा उपलब्ध हुने घोषणा गरिसकेको छ ।

काइई एक्स३ प्रोमा सीएटीएलको लिथियम आइरन फस्फेट ब्याट्री र इन्टिग्रेटेड लिक्विड कुलिङ सिस्टमले ४०१ किलोमिटर सम्म रेन्ज भएको अल्ट्रा–लङ ब्याट्री लाइफ प्रदान गर्ने बताइएको छ । लामो यात्रा चाहने यात्रीहरुलाई समेत लक्ष्यित गरी यसमा हाई–स्ट्रेन्थ आल्मुनियम अलोय फ्रेम ब्याट्री बक्स, मल्टी लेयर इन्सुलेसन डिजाइन, इन्टेलिजेन्ट सेफ्टी र फ्रिडम समेत प्रदान गरिएको छ ।

न्यु लेभलको ड्राइभिङ इन्जोयमेन्ट प्रदान गर्न यसमा १०.२५ इन्चको कुल ड्युुअल स्क्रिन, अल्ट्रा हाई डेफिनेसन ३६० डिग्री प्यानोरामिक क्यामेरा आदि उपलब्ध गराइएको छ र यसले स्मार्ट ट्राभल गर्न सहयोग पुु¥याउछ ।

फ्रन्टमा रहेको म्याकफर्सन इन्डेपेन्डेन्ट सस्पेन्सन र रियरमा रहेको मल्टी–लिंक इन्डेपेन्डेन्ट सस्पेन्सनले यात्रामा सहजता प्रदान गर्छ ।

१२० किलोवाट मोटर क्षमता र ५२.७ किलोवाट आवरको ब्याट्री प्याक, सिंगल चार्चमा ४०१ किमी रेन्ज, ४५ मिनेटमा फुल चार्ज हुने लगायत विशेषता गाडीमा छन् । यसले १२० किलोवाटको पावर र २८० एनएम पिक टर्क जेनेरेट गर्न सक्छ । यसले ३.७७ सेकेन्डमै ० देखि ५० किलोमिटर सम्मको स्पिड लिन सक्छ । यो गाडी ४४०० एमएम लम्बाई, १८३१ एमएम चौडाई र १६५३ एमएम उचाईमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

सार्वजनिक बसमा यात्रा गर्न अब पैसा बोक्नु नपर्ने, ३९ बसमा सुरु भयो सेवा (भिडियो सहित)

सार्वजनिक बसमा यात्रा गर्न अब पैसा बोक्नु नपर्ने, ३९ बसमा सुरु भयो सेवा (भिडियो सहित)

काठमाडौँ – सार्वजनिक यातायातमा हुने खुद्रा पैसाको झन्झट, तोकिएभन्दा बढी...

आईएमई इलेक्ट्रिक (राफ्ट स्कुटर) को स्टल बन्यो ईभी नेपाल एक्सपो २०२२ मा नम्बर १ स्टल

आईएमई इलेक्ट्रिक (राफ्ट स्कुटर) को स्टल बन्यो ईभी नेपाल एक्सपो २०२२ मा नम्बर १ स्टल

काठमाडौं – तीन दिन सम्म काठमाडौंको भृकुटीमण्डपमा चलेको ‘ईभी नेपाल एक्सपो...

युरोकपमा सहभागी हुँदै बीवाईडी गाडी खरिद र बुकिङ गर्ने यी ११ भाग्यशाली

युरोकपमा सहभागी हुँदै बीवाईडी गाडी खरिद र बुकिङ गर्ने यी ११ भाग्यशाली

काठमाडौं – नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ११...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...