बजाजले पनि बढायो बाइकको मूल्य, यस्तो छ पल्सर सहित सबै बाइकको नयाँ मूल्य सूची

काठमाडौं – बजाज बाइकको नेपाली बजारमा फेरि पनि मूल्य बढेको छ । केही दिन पहिले होन्डाले मूल्य वृद्धि गरेको थियो भने हिजो देखि लागू हुने गरी बजाजको पनि मूल्य वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार नेपाली बजारमा पनि मूल्य समायोजन गरिएको कम्पनीको भनाइ छ । नेपालमा बजाज सर्बाधिक बिक्री हुने बाइक भए पनि यसको पटक पटक मूल्य वृद्धि हुँदै आएको छ ।

नयाँ वर्ष २०७८ पश्चात नै बजाजले विभिन्न बाइकको मूल्य २ पटक वृद्धि गरिसकेको छ । बैशाख ६ गते बजाज डोमिनारको मूल्य ५ लाख ७८ हजार ९ सय भएकोमा यसको मूल्य हाल ५ लाख ८२ हजार ९ सय रुपैयाँ पुगेको छ ।

त्यसैगरी डोमिनार २५० को मूल्य ४ हजारले बढेर ५ लाख ७ हजार ९ सय रुपैयाँ पुगेको छ ।

त्यसैगरी एभेन्जर १६० र एभेन्जर २२० को मूल्यमा २ हजार रुपैयाँले वृद्धि भई क्रमशः ३ लाख ३६ हजार ९ सय र ३ लाख ५९ हजार ९ सय रुपैयाँ पुगेको छ ।

डिस्कभर डिस्कको मूल्यमा ३ हजार रुपैयाँले वृद्धि भई २ लाख ९ हजार ९ सय रुपैयाँ पुगेको छ ।

पल्सर एनएस सिरिजका बाइकको मूल्य पनि वृद्धि भएको छ । एनएस २०० एफआई–एबीएस र २०० एबीएसको मूल्यमा ३ हजार तथा एनएस १६० एबीएस र पल्सर २२० एफको मूल्यमा २ हजार रुपैयाँले वृद्धि गरिएको छ ।

बजाजका सबै बाइकको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

नक्सालमा चेतकको स्टेट–अफ–द–आर्ट एक्सपेरियन्स जोन, एकै छानामुनि यस्तो सुबिधा

नक्सालमा चेतकको स्टेट–अफ–द–आर्ट एक्सपेरियन्स जोन, एकै छानामुनि यस्तो सुबिधा

काठमाडौं–बजाज चेतकले नक्सालमा नयाँ स्टेट–अफ–द–आर्ट एक्सपेरियन्स जोन...

बजाज, टिभिएस र हिरोका स्कुटर चम्किदा भारतमा इलेक्ट्रिक टु–ह्विलरको बिक्री ८५ प्रतिशतले बढ्यो

बजाज, टिभिएस र हिरोका स्कुटर चम्किदा भारतमा इलेक्ट्रिक टु–ह्विलरको बिक्री ८५ प्रतिशतले बढ्यो

भारतमा इलेक्ट्रिक स्कुटर र बाइकको बिक्री अक्टोबरमा ८५ प्रतिशत बढेर १ लाख...

अब ४० प्रतिशत डाउन पेमेन्टमै बजाज बाइक पाइने, शून्य प्रतिशत ब्याजदर

अब ४० प्रतिशत डाउन पेमेन्टमै बजाज बाइक पाइने, शून्य प्रतिशत ब्याजदर

काठमाडौं – बजाज बाइक किन्न चाहनेहरुका लागि अब झनै सजिलो हुने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...