टाटा अल्ट्रोज अटोमेटिक भेरिएन्टमा आउने, टिजर जारी
टाटा अल्ट्रोजको अटोमेटिक भेरिएन्ट चाँडै लन्च हुने भएको छ । हाल यो म्यानुअल...
काठमाडौं– टाटाको सर्बाधिक बिक्री हुने इलेक्ट्रिक कार टियागो ईभीमा दोस्रो पटक मूल्य बृद्धि भएको छ । नेपालका लागि आधिकारिक तिवरक सिप्रदी ट्रेडिङले यो कार आएको एक वर्ष पनि नवित्दै दोस्रो पटक सबै भरिएन्टमा १ लाख रुपैँया बढाएका हो । यसअघि गत चैत महिनामा पनि १ लाख रुपैँया बृद्धि गरिएको थियो ।
पहिलो पटक सुरुवाती मूल्यको अवधी सकिएको बताउँदै बृद्धि गरेको कम्पनीले यसपटक भने बजेटमार्फत कर बढेका कारण मूल्य सामायोजन गरेको हो । गत वर्ष भदौमा आयोजना भएको नाडा अटो शोमा औपचारिक लन्च गरिएको यो ईभी सुरुवातमा लङ र सर्ट रेन्ज दुबै भेरिएन्टमा आउने चर्चा चलेको थियो । यसको सर्ट रेन्जलाई २२ लाख रुपैँयामा बिक्री गर्ने प्रचार गरिएपनि पछि कम्पनीले लङ रेन्जकोको मात्रै बिक्री सुरु गर्यो ।
टियागो ईभी लङ रेन्जमा एक्सटी, एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी गरी कुल तीनवटा ट्रिममा उपलब्ध रहँदै आएको छ । जसको नयाँ मूल्य क्रमशः २७ लाख ४९ हजार, २८ लाख ९९ हजार र २९ लाख ९९ हजार पुगेको हो । बजेटपछि मूल्य समायोजन गरिएपनि हाल स्टकमा रहेका गाडीलाई भने कम्पनीले पुरानै मुल्यमा बिक्री गर्ने जनाएको छ ।
यो सानो कारमा २४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री र ४९ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ । उक्त मोटरले ६६ पिएस पावर र ११४ एनएम टर्क प्रदान गर्छ भने ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा २५० किलोमिटर हाराहारी रेन्ज पाउन सकिन्छ ।
टाटा अल्ट्रोजको अटोमेटिक भेरिएन्ट चाँडै लन्च हुने भएको छ । हाल यो म्यानुअल...
काठमाडौं – विभिन्न नाकाहरुबाट अवैध रुपमा गाडीका नक्कली पार्टपुर्जाहरु...
टाटा मोटर्सले नेक्सन र टियागो ईभीको मुल्य १ लाख २० हजार भारुसम्मले कम गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...