१ लाख महँगो भयो एमजी एस५, नयाँ मूल्य कति ?

काठमाडौं–एमजीको लोकप्रिय मोडल एस५ १ लाख रुपैयाँ महँगो भएको छ । बजेटमा लागु गरिएको नयाँ कर नीतिले एस५ को मूल्य बढाएको हो ।

तीनवटा भेरिएन्टमा उपलब्ध एस५ को डिलक्स र लक्जरी भेरिएन्टमा मूल्य बृद्धि गरिएको छ भने कम्फर्टमा पुरानै मूल्यलाई यथावत राखिएको छ । समायोजनपछि यसअघि ४९ लाख ९९ हजारमा बिक्री हुँदै आएको एस५ डिलक्सको मूल्य ५० लाख ९९ हजार रुपैयाँ पुगेको छ भने ५४ लाख ९९ हजारमा कारोबार हुँदै आएको लक्जरी भेरिएन्टको ५५ लाख ९९ हजार निर्धारण गरिएको छ । कम्फर्ट भेरिएन्टको भने ४३ लाख ९९ हजार रुपैयाँ नै पर्ने एजमीको नेपालका लागि आधिकारिक वितरक पारमाउन्ट मोटर्सले जनाएको छ ।

यसमा विश्वकै सबैभन्दा पातलो अल्ट्रा थिन ब्याट्री प्रयोग गरिएको छ । इन्ट्री लेभल मोडलमा ४९ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३४० किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी अर्को भेरिएन्टमा ६२.२ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा ४३० किलोमिटरको रेन्ज दिन्छ ।

एमजी एस५ ईभीले ७.१ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको टप स्पिड १७५ किलोमिटर प्रतिघण्टा छ ।

यो गाडीमा इनबिल्ट आईस्मार्ट सिस्टम छ, जसले टिकटक, च्याटजीपीटी, स्पोटीफाई र युट्युब लगायतका प्रसिद्ध एपलाई एकीकृत गरी ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउछ ।

एसयूभीमा १२.८ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र माथिल्लो भेरिएन्टमा प्यानोरामिक सनरुफ लगायतका विशेषता छन् ।

सम्बन्धित समाचारहरू

१०० वर्ष पुग्यो एमजी : नेपालमा पुराना गाडीसँग एमजी जेडएस ईभी साट्न सकिने

१०० वर्ष पुग्यो एमजी : नेपालमा पुराना गाडीसँग एमजी जेडएस ईभी साट्न सकिने

काठमाडौं – जुनसुकै ब्रान्डका पुराना गाडीसँग एमजी जेडएस ईभी साट्न सकिने...

एमजी कोमेटको मूल्य १ लाख ४० हजार भारु घट्यो, नेपालमा ३ लाखसम्म सस्तो हुने

एमजी कोमेटको मूल्य १ लाख ४० हजार भारु घट्यो, नेपालमा ३ लाखसम्म सस्तो हुने

एमजीको इन्ट्रि लेबल ईभी कोमेट १ लाख ४० हजार भारुसम्मले सस्तो भएको छ ।...

टाटा, एमजी र महिन्द्रा ईभीमा ३ लाख भारुसम्म छुट, यस्तो छ कारण

टाटा, एमजी र महिन्द्रा ईभीमा ३ लाख भारुसम्म छुट, यस्तो छ कारण

भारतमा टाटा, महिन्द्रा र एमजीले आफ्ना ईभीमा भारी छुट योजना ल्याएको छ । वर्ष...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...