बजाजका १४ मोटरसाइकल भयो महंगो, ८ महिनामै ३ पटक मूल्य बृद्धि

बजाजले १४ मोडलका मोटरसाइकलको मूल्य वृद्धि गरेको छ । नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले सार्वजनिक गरेको पछिल्लो मूल्य सुची अनुसार यी मोटरसाइकलमा २ देखी ५ हजार रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । वैशाखयता कम्पनीले तेस्रो पटक मूल्य वृद्धि गरेको हो ।

सवैभन्दा बढी डिस्कभर र पल्सर २०० एनएसमा ५ हजार रुपैयाँको दरले वृद्धि गरिएको छ भने सवैभन्दा कम प्लाटिनामा २ हजार वढाइएको छ । अन्य मोडलहरु पल्सर १२५ डिस्क र पल्सर २२० एफ एविएसमा ३ हजारका दरले बृद्धि गरिँदा पल्सर १५०, पल्सर १६० एनएस टिडी एविएस, पल्सर २०० एनएस एपआई एविएस, पल्सर २०० एनएस एपआई एविएस विएस६, एभेन्जर १६० स्ट्रिट एविएस र एभेन्जर २२० क्रुजमा ४ हजार रुपैयाँका दरले बृद्धि गरिएको छ ।

नयाँ मूल्य सूची अनुसार प्लाटिना १०० इएसको मूल्य १ लाख ९४ हजार ९०० पुगेको छ भने डिस्कभर १२५ डिस्कको २ लाख २८ हजार ९००, डिस्कभर १२५ एसटीको २ लाख ३५ हजार ९०० र पल्सर १२५ डिस्कको २ लाख ४९ हजार ९०० कायम गरिएको छ ।

यसैगरी, पल्सर १५० एसडीको २ लाख ८६ हजार ९००, पल्सर १५० टिडीको ३ लाख ३ हजार ९००, पल्सर १६० एनएस टिडी एविएसको ३ लाख २८ हजार ९००, पल्सर २२० एफ एविएसको ३ लाख ९४ हजार ९००,पल्सर २०० एनएस नन् एविएसको ३ लाख ३४ हजार ९०० र पल्सर २०० एनएस एविएसको ३ लाख ७४ हजार ९०० कायम गरिएको छ ।

पल्सर २०० एनएस एफआई एविएस विएस६ को नयाँ मूल्य४ लाख ८ हजार ९००, एभेन्जर १६० स्ट्रिट एविएसको ३ लाख ५१ हजार ९०० र एभेन्जर २२० क्रुजको ४ लाख ३ हजार ९०० पुर्याइएको छ ।

कम्पनीले यसअघि वैशाखमा ३ देखी १० हजार रुपैयाँसम्म मूल्य वढाएको थियो भने लगत्तै जेठमा पनि ३ देखी २० हजार रुपैयाँसम्मले मूल्य बृद्धि गरेको थियो ।

सम्बन्धित समाचारहरू

नेपालमा बजाज मोटरसाइकल : यी हुन् नेपाली बजारमा रुचाइएका ५ मोडल (फिचर र मूल्यसहित)

नेपालमा बजाज मोटरसाइकल : यी हुन् नेपाली बजारमा रुचाइएका ५ मोडल (फिचर र मूल्यसहित)

नेपाली बजारमा बजाजको पल्सर मोटरसाइकल निकै नै रुचाइएको मोटरसाइकलमा पर्छ ।...

बजाज मोटरसाइकल किन्दा ३ पटक नगद उपहार पाइने अवसर, आयो यस्तो अफर

बजाज मोटरसाइकल किन्दा ३ पटक नगद उपहार पाइने अवसर, आयो यस्तो अफर

काठमाडौं – आउँदो बडा दसैं र तिहारको उपलक्ष्यमा बजाजको नेपालका लागि...

पल्सर ‘१०० एनएस कम्युनिटी राइड’ सम्पन्न

पल्सर ‘१०० एनएस कम्युनिटी राइड’ सम्पन्न

काठमाडौं– बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...