भरतपुरमा एवोन ईभीमा आगलागीबारे सीजी मोटर्सको स्पष्टीकरण, अनुसन्धानअघि निष्कर्षमा नपुग्न आग्रह

काठमाडौं–भरतपुरको सडकमा जीएसी एवोन ईभीमा भएको आगलागीको घटनालाई लिएर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका समाचार र प्रतिक्रियाप्रति सीजी मोटर्सले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै गत भदौ २५ गते भरतपुरको सडकमा भएको उक्त घटनाबारे नेपाल प्रहरी तथा सरकारसम्बद्ध निकायबाट अनुसन्धान भइरहेको भन्दै अनुसन्धान पूरा हुनुअघि घटनाको कारणबारे निष्कर्ष निकाल्न नहुने बताएको हो ।

सीजी मोटर्सका अनुसार सडकमा भएको उक्त दुर्घटनाप्रति कम्पनी अत्यन्तै दुःखी र चिन्तित रहेको छ । कम्पनीले घटनाबाट प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै आवश्यक सहयोग र समन्वयका लागि आफू प्रतिबद्ध रहेको जनाएको छ ।

कम्पनीले विद्युतीय सवारीसाधनमा आगलागीसम्बन्धी घटनाको अनुसन्धान गर्दा अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार प्रमाणमा आधारित प्राविधिक तथा वैज्ञानिक अनुसन्धान आवश्यक हुने उल्लेख गरेको छ ।

घटनाको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायसँग पूर्ण सहयोग गरिरहेको पनि कम्पनीले जनाएको छ ।

सीजी मोटर्सले अनुसन्धानका क्रममा प्राप्त प्रमाण, प्राविधिक परीक्षण तथा वैज्ञानिक विश्लेषणबाट मात्र घटनाको वास्तविक कारण पहिचान गर्न सकिने स्पष्ट पारेको छ । अनुसन्धान सम्पन्न नभई अनुमान, अड्कल वा एकपक्षीय दाबीका आधारमा कुनै सामाजिक धारणा निर्माण गर्नु उचित नहुने कम्पनीको भनाइ छ ।

कम्पनीले आफ्नो विज्ञप्तिमा अनुसन्धानको निष्कर्ष आउनुअघि सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट अपुष्ट सूचना, अनुमान वा एकपक्षीय दाबीका आधारमा सामाजिक धारणा प्रभावित गर्ने प्रयास नगर्न आग्रह गरेको छ ।

त्यस्ता अपुष्ट तथा भ्रामक सामग्रीले दुर्घटनाबाट प्रभावित परिवार, ग्राहक तथा सर्वसाधारणमा थप अन्योल सिर्जना गर्न सक्ने भन्दै कम्पनीले जिम्मेवार र तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।

सीजी मोटर्सले अनुसन्धानमा आफूले पूर्ण सहयोग गरिरहेको भन्दै घटनाको वास्तविक कारण पत्ता लगाउन प्राविधिक तथा वैज्ञानिक अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ । साथै, अनुसन्धानबाट प्राप्त तथ्यभन्दा बाहिर गई कम्पनी वा उत्पादनलाई लक्षित गरी आधारहीन तथा गलत सूचना सम्प्रेषण गरिएमा प्रचलित कानुनअनुसार आवश्यक कदम चाल्ने संकेतसमेत गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...