पाेखरामा खुल्याे एसजे मोटोको नयाँ शाखा, यात्रु र कफी प्रेमीको हब बन्ने विश्वास 

पोखरा - एसजे मोटोले हिमालयन जाभासँग साझेदारी गर्दै पोखरामा नयाँ अनुभव प्रदान गर्न क्याफे र ग्यालरीको सुरुवात गरेको छ ।  एक कार्यक्रमको आयोजना गर्दै उक्त क्याफे र  ग्यालरीको उद्घाटन गरियाे ।

क्याफे र ग्यालरी प्रिमियम कफी, मोटरसाइकल संस्कृतिका उत्साही तथा यात्रुहरूका लागि भेटघाट गर्ने एक रोमाञ्चक हब रूपको स्थापित हुने एसजे मोटोले विश्वास लिएको छ ।   

पोखराको लेकसाइड रोडमा भर्खरै खोलिएको एसजे मोटो एक्स हिमालयन जाभा क्याफेले मोटरसाइकल र कफी प्रेमीहरूका लागि नयाँ अनुभव प्रदान गर्ने छ ।  शीर्ष–स्तरीय बाइकिङ गियर र सामानहरूदेखि ताजा पकाएको कफीसम्म यहाँ उपलब्ध हुने एसजे मोटोका संस्थापक सौरभ ज्योतिले बताए । 

‘मोटरसाइकलको रोमाञ्च र कफी संस्कृतिको न्यानोपनलाई एक अद्वितीय ठाउँमा ल्याउन पाउँदा खुसी छौं, यात्रु र बाइकरहरूको लागि प्रमुख गन्तव्य भएको पोखरा यस नयाँ उद्यमको लागि आदर्श स्थान बन्ने अपेक्षा छ,’ उनले भने ।  

एसजे मोटो र हिमालयन जाभाले उद्घाटन गरेको यो नयाँ शाखामा मानिसहरूको उल्लेखनिय सहभागिता हुने अपेक्षा लिइएको छ  । यहाँ बाइक, कफी प्रेमीहरू एक साथ आएर रमाइलो गर्नको लागि उपयुक्त रहने बताइएको छ । 

सम्बन्धित समाचारहरू

सिंगल स्ट्रोक र डबल स्ट्रोक इन्जिनमा के फरक छ ?

सिंगल स्ट्रोक र डबल स्ट्रोक इन्जिनमा के फरक छ ?

बाइकमा सिंगल स्ट्रोक र डबल स्ट्रोक गरी २ प्रकारको इन्जिन हुन्छ । यी दुवै...

बाइकर्स नेपालले ल्यायो ५०० सीसीको नयाँ ब्रान्डको स्पोर्ट्स बाइक नेपालमा, यस्तो छ मूल्य र फिचर

बाइकर्स नेपालले ल्यायो ५०० सीसीको नयाँ ब्रान्डको स्पोर्ट्स बाइक नेपालमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं – नेपाली बजारमा पहिले देखि नै क्रस एक्स ब्रान्डका मोटरसाइकल...

ट्रायम्फले २०२६ सम्ममा २९ नयाँ बाइक ल्याउने

ट्रायम्फले २०२६ सम्ममा २९ नयाँ बाइक ल्याउने

ट्रायम्फले आगामी वर्षहरूका लागि आफ्नो ठूलो योजना सार्वजनिक गरेको छ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...