यस्ता छन् बीएमडब्ल्युको इलेक्ट्रिक एसएभी ‘आईएक्स ३’ का विशेषता (फोटोफिचर समेत)

काठमाडौं – जर्मन प्रिमियम कार ब्रान्ड बीएमडब्ल्युको सर्वाधिक सफल मोडल आइएक्स ३ नेपालमा सार्वजनिक भएको छ । नेपालमा पेट्रोलबाट चल्ने मोडल एक्स ३ को सफलतापछि लक्ष्मी प्रिमियम मोटर्सले प्योर इलेक्ट्रिक मोडल आईएक्स ३ नेपाल ल्याएको हो ।

बीएमडब्ल्युको स्पोर्टस् एक्टिभिटी भेइकल (एसएभी) आईएक्स ३ विश्व बजारमा कम्पनीको सर्वाधिक बिक्री हुने मोडल हो । नेपाली बजारमा पनि विश्व बजारको जस्तै सफलता मिल्ने कुरामा विश्वस्त भएको कम्पनीको भनाइ छ ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – हामीले नेपालमा विगत ३ वर्षदेखि बीएमडब्ल्युका प्रिमियम उत्पादन बिक्री गर्दै आएका छौं । नेपालमा बढ्दो विद्युतीय कारको बजारलाई ध्यानमा राख्दै शून्य कार्वन उत्सर्जन गर्ने विद्युतीय भेइकलको माग बमोजिम अल–इलेक्ट्रिक एसएभी आईएक्स ३ सार्वजनिक गरेका हौं ।

निकै प्रिमियम फिचर, सुरक्षामा अब्बल र उत्कृष्ट रेन्ज आईएक्स ३ को बलियो पक्ष हो । ८० किलोवाट पावर क्षमताको लिथियम आयोन ब्याट्री, २१० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर यसमा पाउन सकिन्छ । कम्पनीले यसमा ५.० ई–ड्राइभ टेक्नोलोजी प्रयोग गरेको छ । यसको अधिकतम पावर २८५ पीएस र टर्क ४०० न्यूटन मिटर रहेको छ ।

यसमा रहेको ८० किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ४६० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीको परीक्षणले प्रमाणित गरेको छ । उक्त ब्याट्रीलाई १५० किलोवाट क्षमताको डिसी चार्जरले ३४ मिनेटमा शून्यबाट ८० प्रतिशत चार्ज गर्ने क्षमता राख्छ ।

यात्रालाई अस्मिरणीय बनाउन म्यूजिकको लागि १६ वटा स्पिकर प्रयोग गरिएको छ । हर्मोन कार्डनको साउन्ड सिस्टम भएको कारण यसमा संगितको उत्कृष्ट अनुभव लिन सकिन्छ ।

प्यानोरामिक ग्लास रुफको प्रयोग गरिएको कारण दिन र रातको समयमा खुल्ला आकाशको दृश्यावलोकन गर्न सकिने छ । त्यसले कारलाई थप लक्जरी बनाएको छ । यसको ड्यासबोर्डमा १२.३ इन्चको पूर्ण डिजिटल क्लष्टर र १२.३ इन्चकै इन्फोटेनमेन्ट सिस्टम रहेको छ । वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, स्पोर्टी सिट, लेदर र्याप गरिएको थ्री स्पोक स्टेयरिङ ह्विल, एम्बियन्ट लाइटको कारण क्याविनले निकै प्रिमियम फिल गराउने छ ।

भित्र जति सुन्दर क्याविन छ, बाहिर पनि आईएक्स ३ त्यति नै सुन्दर छ । स्टाइलिस डिजाइनमा तयार भएको एसएभीमा २० इन्चको एरोडायनामिक ह्वील पाउन सकिन्छ ।

बीएमडब्ल्यु अटोमोटिभ क्षेत्रमा पृथक र नवीन उत्पादनको लागि परिचित र अग्रणी कम्पनी हो । आफ्ना प्रत्येक उत्पादनमा दिगो इकोसिस्टम निर्माण, असाधारण ड्राइभिङ अनुभव प्रदान र वातावरणीय फुटप्रिन्टमा आफूलाई अब्बल बनाउँदै आएको छ । त्यसकै परिणाम स्वरुप कम्पनीले ब्याट्री प्रविधि मार्फत दिगो वातावरण संरक्षणमा भूमिका खेलिरहेको बताएको छ ।

नवीकरणीय स्रोतहरूको चयन, ऊर्जा क्षेत्रमा कुशल प्रणालीको विकास र वातावरण सुधार तथा सुन्दर भविष्य निर्माण गर्ने आफ्नो प्रतिवद्धतालाई आईएक्स ३ ले पूर्ण गरेको छ ।

काठमाडौंको तीनकुनेमा सुविधा सम्पन्न शोरुम संचालन गरिरहेको लक्ष्मी प्रिमियम मोटर्सले २०२० देखि बीएमडब्ल्युका बिभिन्न उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीको प्रोडक्ट लाइनअपमा BMW X1 sDrive18i, BMW X3 xDrive 20i, BMW X5 xDrive45e (PHEV), BMW 5 Series (PHEV) and BMW 7 Series उपलब्ध छन् ।

पेट्रोलियमबाट चल्ने एक्स ३ मा बलियो उपस्थिति बनाएको बीएमडब्ल्युले आईएक्स–३ को सहयोगले प्रिमियम इलेक्ट्रिक भेइकल सेगमेन्टमा पनि आफूलाई बलियो बनाउने अपेक्षा कम्पनीले गरेको छ ।

बीएमडब्ल्यु आईएक्स ३ को मूल्य २ करोड २९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

भिनफास्टका ४ नयाँ इलेक्ट्रिक स्कुटर लन्च, ४५ हजार ब्याट्री स्वाप स्टेशन निर्माणको लक्ष्य

भिनफास्टका ४ नयाँ इलेक्ट्रिक स्कुटर लन्च, ४५ हजार ब्याट्री स्वाप स्टेशन निर्माणको लक्ष्य

भिनफास्टले ४ नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्दै आफ्नो ब्याट्री स्वाप...

याडियाको मेगा एक्सचेन्ज कार्निभल सुरु, एक्सचेन्ज वोनस र मासिक किस्तावन्दिको सुबिधा

याडियाको मेगा एक्सचेन्ज कार्निभल सुरु, एक्सचेन्ज वोनस र मासिक किस्तावन्दिको सुबिधा

काठमाडौं–याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु...

बीवाईडी ब्लेड ब्याट्री प्रयोग भएको टेस्ला मोडल वाई एक महिना भित्रै आउने

बीवाईडी ब्लेड ब्याट्री प्रयोग भएको टेस्ला मोडल वाई एक महिना भित्रै आउने

टेस्लाका लागि चीनको विश्व प्रसिद्ध कम्पनी बीवाईडीले उपलब्ध गराएको ब्लेड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...