होन्डाले भारतको टाटा टेक्नोलोजीसँग मिलेर सवारी साधन प्लेटफर्म विकास गर्ने, लागत घटाउन सहयोग पुग्ने
जापानी अटो निर्माता कम्पनी होन्डाले इलेक्ट्रिक तथा हाइब्रिड र...
काठमाडौं–होन्डाले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर क्यूसी३ सार्वजनिक गरेको छ । भारतीय बजारका लागि एक्टिभा ई र क्यूसी१ पछि यो कम्पनीको तेस्रो ई–स्कुटर हो ।
नयाँ होन्डा क्यूसी३ मा ३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ, जसले एक पटकको पूर्ण चार्जमा अधिकतम १४५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ । यस स्कुटरलाई शून्यबाट ८० प्रतिशतसम्म चार्ज गर्न २ घण्टा ४० मिनेट लाग्छ भने पूर्ण रूपमा १०० प्रतिशत चार्ज हुन करिब ४ घण्टा समय लाग्छ । यस ई–स्कुटरमा हब–माउन्टेड मोटरको प्रयोग गरिएको छ ।
कम्प्याक्ट र आधुनिक डिजाइनमा तयार पारिएको यस स्कुटरमा आकर्षक फेयरिङ दिइएको छ, जसभित्र हेडल्याम्प, टर्न इन्डिकेटर र एलईडी डीआरएल स्ट्रिप समावेश गरिएको छ । चालकको सहजताका लागि यसमा सिंगल सिट र फराकिलो फुटबोर्ड राखिएको छ ।
प्रविधिका हिसाबले यसमा होन्डा रोडसिंक कनेक्टिभिटी र टर्न–बाइ–टर्न नेभिगेसन सुविधासहितको टीएफटी डिस्प्ले उपलब्ध गराइएको छ । त्यसैगरी राइडिङ अनुभवलाई सहज बनाउन अगाडिको भागमा टेलिस्कोपिक फर्क र पछाडि डुअल शक एब्जर्बर जडान गरिएको छ । उत्कृष्ट सुरक्षा र लुकका लागि यसमा एलोय ह्विल्सका साथ अगाडिको पाङ्ग्रामा डिस्क ब्रेक जडान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...