नेपालमा बिक्री सुरु हुँदै बीएडब्लूको किफायती र आधुनिक कार ‘ई७ प्रो’

काठमाडौं–नेपाली विद्युतीय सवारीसाधनको बजारमा बेइजिङ अटो वक्र्स (बीएडब्लू) को बहुप्रतीक्षित इलेक्ट्रीक मिनी कार ‘ई७ प्रो’ छिट्टै बिक्री सुरु हुने भएको छ । नेपालका लागि बीएडब्लूको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले यस नयाँ ईभीलाई साउनको तेस्रो साता सार्वजनिक गर्ने तयारी थालेको छ ।

अत्याधुनिक इन्जिनियरिङ, प्रिमियम प्रविधि, प्रभावशाली कार्यक्षमता र किफायती मूल्यको उत्कृष्ट संयोजन मानिएको यो कारले नेपाली ग्राहकको मन जित्ने र ईभी बजारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

चिनियाँ जनमुक्ति सेनाका लागि समेत सवारीसाधन उत्पादन गर्दै आएको चीनको सबैभन्दा पुराना अटोमोबाइल निर्मातामध्ये एक बीएडब्लूसँग सात दशकभन्दा लामो इन्जिनियरिङको अनुभव छ । आधुनिक सहरी जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको ई७ प्रोमा कम्प्याक्ट आकार, फराकिलो आन्तरिक स्पेस, प्रिमियम आरामदायित्व र अत्याधुनिक ड्राइभिङ प्रविधिको उत्कृष्ट सन्तुलन मिलाइएको छ । यसको व्यावहारिक डिजाइन, भरपर्दो पर्फर्मेन्स र न्यून सञ्चालन लागतका कारण अन्तर्राष्ट्रिय बजारमा यो गाडी ग्राहकको पहिलो रोजाइमा पर्दै आएको छ ।

यो सवारी साधन उच्च दक्षताको पर्मानेन्ट म्याग्नेट सिङ्क्रोनस इलेक्ट्रिक मोटर र उच्च क्षमताको लिथियम ब्याट्री प्याकबाट सुसज्जित छ । यसले सहज एक्सेलेरेसनका साथै दैनिक यात्राका लागि भरपर्दो ड्राइभिङ रेन्ज र प्रभावकारी चार्जिङ क्षमता सुनिश्चित गर्छ ।

विशेष गरी यसमा रहेको रियर ह्विल ड्राइभ प्रणालीले उत्कृष्ट तौल सन्तुलन, उकालो बाटोमा राम्रो क्षमता र सानो घुम्तीमा सहज नियन्त्रण प्रदान गर्छ, जुन नेपालका भीडभाडयुक्त सहरी सडक तथा उकालो–ओरालो भौगोलिक अवस्थाका लागि विशेष रूपमा उपयुक्त छ ।

श्रीलंकामा नम्बर १ बिक्री हुने इलेक्ट्रिक कारका रूपमा अन्तर्राष्ट्रिय सफलता पाइसकेको यो कार नेपालमा युवा पेसाकर्मी, पहिलोपटक ईभी खरिद गर्ने ग्राहक, परिवार, उद्यमी तथा राइड सेयरिङ व्यवसायीहरूलाई लक्षित गरेर ल्याउन लागिएको एलआरआर मोटर्सका प्रबन्ध निर्देशक जीवनजंग शाहीले जानकारी दिएका छन् ।

अत्याधुनिक इलेक्ट्रिक पावरट्रेन, आधुनिक इन्टेरियर, स्मार्ट इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ब्यापक सुरक्षा सुबिधा, फास्ट चार्जिङ क्षमता, न्यून मर्मत खर्च तथा आरामदायी ड्राइभिङ अनुभव जस्ता विशेषताले ई७ प्रोलाई दैनिक आवागमनको भरपर्दो विद्युतीय साथी बनाउने विश्वास लिइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...