दुर्घटनामा निओ ईभी भयो दुई टुक्रा, ब्याट्री र यात्रु सुरक्षित

चीनमा हालै भएको एक भयानक दुर्घटनामा निओ ईभी दुई टुक्रा भएको छ । डिसेम्बर १ मा सांघाईमा निओ ईसी६ इलेक्ट्रिक एसयूभी उच्च गतिमा दुर्घटनामा परेको थियो ।

दुर्घटनाका क्रममा गाडीको पछाडिको भाग कंक्रीटको सडक छेउको अवरोधमा ठोक्किएपछि क्याबिनबाट विभाजित भयो । दुर्घटना भएको केही समयपछि जारी गरिएको विज्ञप्ति अनुसार, गाडीको सुरक्षा प्रणालीले तुरुन्तै घटनाको बारेमा जानकारी गराएको थियो ।

दुर्घटना बारे जानकारी पाउने वित्तिकै निओका कर्मचारीहरू घटनास्थलमा पुगे र यात्रुहरूलाई अस्पताल पु¥याए । कारमा सवार दुबै यात्रु सकुशल रहेका थिए ।

कम्पनिका अनुसार उक्त कारले दुर्घटनाको समयमा आफ्नो चालक–सहायता प्रणाली प्रयोग गरिरहेको थिएन । एक पटक टक्कर भएपछि, कारको ढोका स्वचालित रूपमा अनलक भयो र ह्यान्डलहरू तैनाथ गरियो, जसले गर्दा यात्रुहरू बाहिर निस्कन पाए ।

ब्याट्री प्याकमा आगो लागेन वा थर्मल रनअवे वा सुरक्षा जोखिमको कुनै संकेत देखाएन । स्थानीय प्रहरीले दुर्घटनाको कारणको अनुसन्धान गरिरहेको छ ।

ईसी६ २०२० देखि चीनमा उत्पादन गरिएको मध्यम आकारको इलेक्ट्रिक कूपे एसयूभी हो । डुअल–मोटर अल–ह्वील–ड्राइभ सिस्टम भएको यस कारले ३६० किलोवाटको संयुक्त पावर जेनरेट गर्दछ । कारमा १०० किलोवाट आवर क्षमताको ब्याट्री प्याक प्रयोग गरिएको छ, जसले ६३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ ।

सम्बन्धित समाचारहरू

साइमेक्स ईकले शुरु ग-यो ग्राहकलाई १०० किलोवाट क्षमताको बीवाईडी एट्टो ३ डेलिभरी

साइमेक्स ईकले शुरु ग-यो ग्राहकलाई १०० किलोवाट क्षमताको बीवाईडी एट्टो ३ डेलिभरी

काठमाडौं – नेपाली ग्राहकले १०० किलोवाट क्षमताको बीवाईडी एट्टो ३ को...

बीएमडब्ल्युले टीभीएससँगको सहकार्यमा इलेक्ट्रिक बाइक लन्च गर्ने

बीएमडब्ल्युले टीभीएससँगको सहकार्यमा इलेक्ट्रिक बाइक लन्च गर्ने

बीएमडब्ल्युले टीभीएससँगको सहकार्यमा इलेक्ट्रिक बाइक निर्माण गर्ने योजना...

ग्राहकले पाउन थाले सेरेस मिनी ईभी

ग्राहकले पाउन थाले सेरेस मिनी ईभी

काठमाडौं– सेरेस ईभीको नेपालका लागी आधिकारिक वितरक एमएडब्लु बृद्धि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...