काठमाडौं सहित देशभर मल्टीब्रान्ड ‘एक्सचेन्ज एन्ड अपग्रेड क्याम्प’ गर्दै पारामाउन्ट मोटर्स

काठमाडौं - नेपालमा एमजी, आईएम, माज्दा, वुलिङ र म्याक्सस ब्रान्डहरूको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले आफ्नो पोर्टफोलियोमा रहेका सबै ब्रान्डहरू समेटेर नेपालकै सबैभन्दा ठूलो ‘एक्सचेन्ज एन्ड अपग्रेड क्याम्प’ आयोजना गर्ने भएको छ ।

सो कार्यक्रम २०८२ कार्तिक २१ गतेदेखि २३ गतेसम्म बिहान ११ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म एलिस रिसेप्सन, नक्साल, गैरिधारा र उपत्यकाबाहिरका सबै डिलरशिपहरूमा सञ्चालन हुने जानकारी कम्पनीले गराएको छ ।

तीनदिने क्याम्पमार्फत ग्राहकहरूले आफ्ना सवारीसाधनहरू १५ लाख रुपैयाँ सम्मको विशेष लाभसहित अपग्रेड गर्न सक्नेछन् भने सहज फाइनान्स सुविधा, आकर्षक नगद छुट र पुराना गाडीको उच्च मूल्याङ्कनसहितको एक्सचेन्ज अफरहरू समेत उपलब्ध हुनेछ।

क्याम्पमा माज्दा, वुलिङ, आईएम, एमजी र म्याक्सस जस्ता ख्यातिप्राप्त ब्रान्डका सवारीसाधनहरू प्रदर्शित गरिनेछ जसले ग्राहकहरूलाई विभिन्न सवारी विकल्पहरू प्रदान गर्नेछ। क्याम्पमा पारिवारिक वातावरण सहितको किड्स जोन, नेल आर्ट, मेहेन्दी सेसन, फेस पेन्टिङ, फुड एन्ड गेम्स जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरूको व्यवस्था हुनेछ।

आगन्तुकहरूले यस अवसरमा आईएमको इन्टेलिजेन्ट इलेक्ट्रिक एसयूभी आईएम६ को प्रत्यक्ष अनुभव लिन सक्नेछन् र यसका क्र्याब वाक, आईएडी, पार्किङ सोलुसन, पुल–आउट तथा रिभर्स असिस्ट जस्ता अत्याधुनिक वन टच फिचर्स पनि अवलोकन गर्न सक्नेछन्।

उपत्यकाभित्र वा बाहिरका डिलरशिपहरुमा सहभागी भई ग्राहकहरूले एमजी तथा अरु साझेदार ब्रान्डहरूका नवीनतम मोडेल र अफरहरूको लाभ उठाउन सक्नेछन्। सवारीसाधन अपग्रेड गर्ने विशेष समय र अवसर बनेर आएको यस ’एक्सचेन्ज एण्ड अपग्रेड’ क्याम्पले आफ्ना ग्राहकहरूका लागि अधिकतम सुविधासहितको एक अद्वितीय अनुभव प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको बताएको छ ।

सम्बन्धित समाचारहरू

एमजीको सस्तो इलेक्ट्रिक कार कमेट नयाँ फिचरसहित लन्च

एमजीको सस्तो इलेक्ट्रिक कार कमेट नयाँ फिचरसहित लन्च

एमजी मोटर्सले भारतको सबैभन्दा सस्तो इलेक्ट्रिक कार एमजी कमेटको नयाँ...

बैंकक इन्टरनेश्नल मोटर शोमा ५८ हजार बढि कार बुकिङ, ईभीमा बीवाईडी पहिलो हुँदा एमजी दोस्रो

बैंकक इन्टरनेश्नल मोटर शोमा ५८ हजार बढि कार बुकिङ, ईभीमा बीवाईडी पहिलो हुँदा एमजी दोस्रो

काठमाडौं– थाइल्याण्डको राजधानी बैंककमा हालै आयोजना भएको ‘ बैंकक...

एमजी ईभी किन्ने ग्राहकलाई एनआईएमबीले ८० प्रतिशत फाइनान्स सुविधा दिने

एमजी ईभी किन्ने ग्राहकलाई एनआईएमबीले ८० प्रतिशत फाइनान्स सुविधा दिने

काठमाडौं – एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...