एक लाख सेलिब्रेशन डे मनाउँदै टीभीएस अपाचे

काठमाडौं - टीभीएस अपाचेले एक लाख सेलिब्रेशन डे आयोजना गरेको छ । ललितपुरको युएनपार्कमा यही फागुन २३ देखि २६ गते सम्म आयोजना हुने यस कार्यक्रमले राइडर र परफर्मेन्स बाइकिङका प्रशंसकलाई नयाँ अनुभव प्रदान गर्नेछ ।

रोमाञ्चक खेलकुद गतिविधि र प्रतियोगिता समावेश गरिनेछन् । जसअन्तर्गत सहभागीले टेस्ट राइड्स र अब्स्ट्याकल च्यालेन्जहरू, स्लो रेस प्रतियोगिता र जिमखाना स्किल्स, स्टण्ट शोहरू र इनफ्लुएन्सर मिटअप्सका साथै, रोमाञ्चक गिफ्ट ह्याम्परहरू र थप आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन् ।

यो विशेष इभेन्टमार्फत इनफ्लुएन्सर, भ्लगर र अपाचेप्रेमी एकै ठाउँमा भेला भई टीभीएस अपाचेको उत्साहजनक अनुभव प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ । कार्यक्रमलाई थप रोमाञ्चक बनाउन, उच्च–स्तरीय स्टण्ट शो को प्रदर्शन हुनेछ । जसमा हिद्देन एक्सनका प्रो स्टन्ट राइडरले आफ्नो स्टन्ट प्रस्तूत गर्नेछन् ।

आफ्नो पुरानो बाइक नयाँ टीभीएस अपाचेका मोडलसँग साट्नका लागि एक सुनौलो अवसर रहेकाले लाभ लिन कम्पनीले ग्राहकलाई अनुरोध गरेको छ । ग्राहकले २ वर्ष निःशुल्क स्पेयर पार्ट्स, इन्जिन आयल र सर्भिसको मज्जा लिनुका साथै ३१ लाखसम्म बचत गर्ने अवसर प्रदान गर्नेछ ।

एक्सचेन्ज मूल्याङ्कनमा १० हजार सम्मको मुल्याङ्कन सुविधा, आकर्षक फाइनान्सिङ योजना लगायत सुविधा पनि उपलब्ध हुनेछ । यस अन्तर्गत ग्राहकले ७.९९ प्रतिशत ब्याजदरमा १८ महिने किस्ताबन्दीमा बाइक खरिद गर्ने अवसर प्राप्त गर्नेछन् । कार्यक्रममा नयाँ अपाचे खरिदकर्तालाई निःशुल्क एसेसरिजकाे व्यवस्था पनि रहेको छ ।

यस कार्यक्रमको आयोजक नेपालका लागि टीभीएस मोटरसाइकलको आधिकारिक वितरक, शंकर ग्रुपको जगदम्बा मोटर्स हो । लाइफटाइम वारेन्टी कभरेज र डेडिकेटेड एक्सपेरियन्स जोन सहित, टीभीएस अपाचेले नेपालमा बाइकिङको परिभाषा नै परिवर्तन गरिरहेको बताएको छ ।

नेपालको सबैभन्दा रोमाञ्चक बाइकिङ अनुभवको हिस्सा बन्न नछुटाउन कम्पनीले सबैलाई आग्रह गरेको छ । थप जानकारीका लागि नजिकको टीभीएस शोरूम वा टीभीएस नेपालका आधिकारिक सामाजिक सञ्जालहरू फलो गर्न सकिनेछ ।

सम्बन्धित समाचारहरू

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक थ्री–ह्विलर ल्याउँदै

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक थ्री–ह्विलर ल्याउँदै

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक लास्ट–माइल मोबिलिटी खण्डमा...

१५० सिसी इन्जिनमा आउँदै टीभीएस एनटर्क, यामाहा एरोक्ससंग सिधा प्रतिस्पर्धा

१५० सिसी इन्जिनमा आउँदै टीभीएस एनटर्क, यामाहा एरोक्ससंग सिधा प्रतिस्पर्धा

टीभीएसले छिट्टै आफ्नो लोकप्रिय स्कुट एनटर्कको १५० सीसी संस्करण लन्च गर्ने...

१ लाख एनटर्क बिक्रीको अवसरमा टिभिएसले आयोजना गर्यो ‘एनओजी’ राइड

१ लाख एनटर्क बिक्रीको अवसरमा टिभिएसले आयोजना गर्यो ‘एनओजी’ राइड

काठमाडौं– टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...