बजाज, टिभिएस र हिरोका स्कुटर चम्किदा भारतमा इलेक्ट्रिक टु–ह्विलरको बिक्री ८५ प्रतिशतले बढ्यो
भारतमा इलेक्ट्रिक स्कुटर र बाइकको बिक्री अक्टोबरमा ८५ प्रतिशत बढेर १ लाख...
काठमाडौं - टीभीएस अपाचेले एक लाख सेलिब्रेशन डे आयोजना गरेको छ । ललितपुरको युएनपार्कमा यही फागुन २३ देखि २६ गते सम्म आयोजना हुने यस कार्यक्रमले राइडर र परफर्मेन्स बाइकिङका प्रशंसकलाई नयाँ अनुभव प्रदान गर्नेछ ।
रोमाञ्चक खेलकुद गतिविधि र प्रतियोगिता समावेश गरिनेछन् । जसअन्तर्गत सहभागीले टेस्ट राइड्स र अब्स्ट्याकल च्यालेन्जहरू, स्लो रेस प्रतियोगिता र जिमखाना स्किल्स, स्टण्ट शोहरू र इनफ्लुएन्सर मिटअप्सका साथै, रोमाञ्चक गिफ्ट ह्याम्परहरू र थप आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन् ।
यो विशेष इभेन्टमार्फत इनफ्लुएन्सर, भ्लगर र अपाचेप्रेमी एकै ठाउँमा भेला भई टीभीएस अपाचेको उत्साहजनक अनुभव प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ । कार्यक्रमलाई थप रोमाञ्चक बनाउन, उच्च–स्तरीय स्टण्ट शो को प्रदर्शन हुनेछ । जसमा हिद्देन एक्सनका प्रो स्टन्ट राइडरले आफ्नो स्टन्ट प्रस्तूत गर्नेछन् ।
आफ्नो पुरानो बाइक नयाँ टीभीएस अपाचेका मोडलसँग साट्नका लागि एक सुनौलो अवसर रहेकाले लाभ लिन कम्पनीले ग्राहकलाई अनुरोध गरेको छ । ग्राहकले २ वर्ष निःशुल्क स्पेयर पार्ट्स, इन्जिन आयल र सर्भिसको मज्जा लिनुका साथै ३१ लाखसम्म बचत गर्ने अवसर प्रदान गर्नेछ ।
एक्सचेन्ज मूल्याङ्कनमा १० हजार सम्मको मुल्याङ्कन सुविधा, आकर्षक फाइनान्सिङ योजना लगायत सुविधा पनि उपलब्ध हुनेछ । यस अन्तर्गत ग्राहकले ७.९९ प्रतिशत ब्याजदरमा १८ महिने किस्ताबन्दीमा बाइक खरिद गर्ने अवसर प्राप्त गर्नेछन् । कार्यक्रममा नयाँ अपाचे खरिदकर्तालाई निःशुल्क एसेसरिजकाे व्यवस्था पनि रहेको छ ।
यस कार्यक्रमको आयोजक नेपालका लागि टीभीएस मोटरसाइकलको आधिकारिक वितरक, शंकर ग्रुपको जगदम्बा मोटर्स हो । लाइफटाइम वारेन्टी कभरेज र डेडिकेटेड एक्सपेरियन्स जोन सहित, टीभीएस अपाचेले नेपालमा बाइकिङको परिभाषा नै परिवर्तन गरिरहेको बताएको छ ।
नेपालको सबैभन्दा रोमाञ्चक बाइकिङ अनुभवको हिस्सा बन्न नछुटाउन कम्पनीले सबैलाई आग्रह गरेको छ । थप जानकारीका लागि नजिकको टीभीएस शोरूम वा टीभीएस नेपालका आधिकारिक सामाजिक सञ्जालहरू फलो गर्न सकिनेछ ।
भारतमा इलेक्ट्रिक स्कुटर र बाइकको बिक्री अक्टोबरमा ८५ प्रतिशत बढेर १ लाख...
जनकपुरधाम – टीभीएस रेडर मोटरसाइकल किन्दा धनुषाको सपहीका एक जना ग्राहकले...
काठमाडौं – आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे । नेपालमा समेत प्रेम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...