एमजीको दशैं, तिहार र छठको लागि ‘पाथ्स अफ स्माइल’ योजना सार्वजनिक, गाडी किन्दा ४ लाख सम्म छुट
काठमाडौं – नेपालमा एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले...
पोखरा – पोखरास्थित ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक ईलाइट मोटर्स प्रालिले पोखरामा नयाँ ओमोडा एन्ड जेइको शोरूमको औपचारिक उदघाटन गरेको छ। सो अवसरमा गण्डकी प्रदेशमा नयाँ जेइको जे५ पनि सार्वजनिक गरिएको छ ।
पोखराको शिवचोक–१० मा अवस्थित नयाँ शोरूम थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधासहित पूर्ण रूपमा अद्यावधिक गरिएको छ। झण्डै २० हजार वर्गफुट क्षेत्रफलमा फैलिएको उक्त शोरूमले ग्राहकहरूलाई एउटै स्थानमै सबै सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो।
अत्याधुनिक प्रविधिबाट सुसज्जित सर्भिस सेन्टरले बिक्रीपछि प्रदान गरिने सेवाको गुणस्तरलाई अझ मजबुत बनाउनेछ, जुन ओमोडा एन्ड जेइकोको अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पारिएको छ। सर्भिस प्रशिक्षकहरूलाई अनुभवी प्राविधिक तथा प्रतिनिधिहरूद्वारा विशेष प्रशिक्षण दिइएको छ।
सोरूम उदघाटनसँगै नयाँ जेइको जे५ को पोखरामा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। नाइमा एक्सपोमा पहिलोपटक प्रदर्शित गरिएको यो गाडी शक्तिशाली विशेषता र आकर्षक डिजाइनका कारण लक्जरी एसयूभी वर्गमा छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीको भनाइ छ।
जेइको जे५ का प्रमुख विशेषताहरूमा १८५ मिलिमिटर ग्राउन्ड क्लेरेन्स, वर्गमै अगाडि रहेको प्यानोरामिक सनरूफ, १८ इन्चको अलोय ह्विलसहितको स्पेयर टायर, ४६१ किलोमिटरको ड्राइभिङ रेन्ज र ४८० लिटरको बुट स्पेस जस्ता सुविधाहरू छन्।
उदघाटन समारोहमा प्रमुख अतिथिका रूपमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका मन्त्री विन्दु कुमार थापा,, कास्की क्षेत्र नं. ३ का प्रदेश सभाका संसद प्रकाश बरालको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा नेपालका लागि ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, निर्देशक गौरव शारडा, विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरू र ओमोडाका उत्साही समर्थकहरूको उपस्थिति रहेको थियो।
ईलाइट मोटर्स प्रालिका प्रबन्ध निर्देशक गोपाल बरालले भने, “पोखरा हाम्रो लागि प्रमुख बजार हो। नयाँ शोरूम र प्रिमियम उत्पादनमार्फत ग्राहकलाई अझ उन्नत अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई हामीले पुनः सुनिश्चित गरेका छौँ। जेइको जे५ हाम्रो अत्याधुनिक प्रविधि र नेपालमा दिगो गतिशीलता प्रोत्साहन गर्ने हाम्रो मिशनको प्रतीक हो।”
काठमाडौं – नेपालमा एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले...
काठमाडौं – नेपालमा विद्युतीय गतिशीलतालाई सुदृढ बनाउनका लागि कुमारी बैंक...
चाइनिज ईभी निर्माता कम्पनी बीवाईडीले जापानको ईभी बजारमा महत्वपूर्ण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...