यस्ता छन् इलेक्ट्रिक एसयूभी टाटा ह्यारियरका ५ फिचर
टाटा मोटर्सले बहुप्रतीक्षित ह्यारियर ईभी भारतमा लन्च गरेको छ। कम्पनीले...
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को ‘ड्रिभन वाई पार्टनर’ ओमोडा एन्ड जेइकोले लिगको उत्साह मनाउँदै एक शानदार ट्रफी टुर कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा कम्पनीले विशेष रूपमा लिगका लागि ल्याइएको एआई–सञ्चालित चारखुट्टे रोबोट डगको अनावरण पनि गरेको छ ।
शुक्रबार आयोजिन एक कार्यक्रममा एनपीएल सिजन–१ का ‘म्यान अफ दि टुर्नामेन्ट’ रहेका क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई ओमोडा ईएस कार प्रदान समेत गरिएको छ ।
ट्रफी टुरपछि आयोजित विशेष कार्यक्रममा कम्पनीले रोबोट डगको नाम पनि सार्वजनिक गरेको छ । यो क्षणले नेपाली दर्शकहरूसँग भावनात्मक सम्बन्ध र नवप्रवर्तनको शुरुवातलाई संकेत गरेको कम्पनीले जनाएको छ ।
एसपीजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा र निर्देशक गौरव शारडा सहित ओमोडा एन्ड जेइकोका ब्रान्ड एम्बासेडर तथा क्रिकेटर दिपेन्द्र सिंह ऐरी लगायतको उपस्थितमा उक्त रोबोट डगको नाम सार्बजनिक गरिएको हो ।
कम्पनीले यसअघि आफ्ना फ्यानहरूलाई डगको नाम सुझाउन आह्वान गरेको थियो । प्राप्त सुझावहरु मध्येबाट डगको नाम चंंखे चयन गरिएको हो, जसको अर्थ ’चतुर’ भन्ने हुन्छ । यसले युवा प्रेरणा, खेलकुदको विकास र प्रविधिमूलक सोचप्रति ओमोड़ा एन्ड जेइको को प्रतिबद्धतालाई दर्शाउने विश्वास कम्पनीले लिएको छ ।
टाटा मोटर्सले बहुप्रतीक्षित ह्यारियर ईभी भारतमा लन्च गरेको छ। कम्पनीले...
काठमाडौं – नेपालमा चालु आर्थिक वर्षको चैत मसान्त सम्म १ हजार ४७३ विद्युतीय...
लुयान इलेक्ट्रिक स्कुटर ब्रान्डले पुस महिनाको अन्त्यसम्म चल्ने विन्टर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...