चालक बिना चल्न सक्ने पहिलो अटोनोमस इलेक्ट्रिक स्कुटर हुनेछ ओला सोलो
ओला इलेक्ट्रिकले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर ‘ओला सोलो’ सार्वजनिक गर्ने...
भारतको सबैभन्दा ठुलो इलेक्ट्रिक वाहन कम्पनी ओला इलेक्ट्रिकले आफ्नो इलेक्ट्रिक कार लन्च गर्ने योजना स्थगित गरेको छ । हाल कम्पनीले आफ्नो विद्युतीय स्कुटर व्यवसायमा केन्द्रित हुन यो निर्णय गरेको हो ।
कम्पनीले १५ अगस्ट २०२२ मा आफ्नो इलेक्ट्रिक कारको झलक देखाएको थियो । कम्पनीले सन् २०२४ सम्ममा ४ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने इलेक्ट्रिक स्पोर्ट्स कार लन्च गर्ने योजना बनाएको थियो ।
ओलाले आफ्नो इलेक्ट्रिक कार स्थगित गर्नुको कारण भारतमा इलेक्ट्रिक कार चार्ज गर्ने आधारभूत पूर्वाधारको अभाव हुनु हो । रिपोर्टका अनुसार ओलाको कार प्रोजेक्ट कम्तिमा २ वर्षका लागि स्थगित भएको छ । यस समयमा कम्पनीको फोकस दुई पाङ्ग्रे सवारी साधन बिक्री र ब्याट्री उत्पादनमा हुनेछ । तर, कम्पनीले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
रिपोर्टका अनुसार ओलाले इलेक्ट्रिक कार परियोजनाका लागि छानिएका १०० कर्मचारी मध्ये ३० प्रतिशतले आफ्नो जागिर छोडेका छन् ।
कम्पनीले अगस्टमा आइपीओ पनि ल्याउने तयारी गरिरहेको छ । त्यसैले पनि सो इलेक्ट्रिक कार आयोजना रोकिएको हो । ओला आईपीओबाट ६६० मिलियन डलर उठाउन चाहन्छ । सो आईपीओ यस वर्ष भारतको सबैभन्दा ठुलो आईपीओ मध्ये एक हुनेछ ।
ओलाको पहिलो कार उत्कृष्ट प्रविधिले सुसज्जित हुने बताइएको छ । यो इलेक्ट्रिक सेग्मेन्टमा बनाइने भारतको पहिलो स्पोर्ट्स कार हुनेछ । सो कार चाबीविहीन हुनुका साथै ह्यान्डल लेस पनि हुनेछ । साथै, कारको ढोकामा ह्यान्डल पनि छैन ।
ओला इलेक्ट्रिकले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर ‘ओला सोलो’ सार्वजनिक गर्ने...
ओलाकाे भारतीय टू-ह्वीलर बजारमा इलेक्ट्रिक स्कुटर सेगमेन्ट निकै लोकप्रिय छ...
टु ह्विलरको सवैभन्दा ठूलो बजार भारतमा इलेक्ट्रिक स्कुटरको बिक्री...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...