दुई रिमुभेवल ब्याट्रीको साथमा ओला गिग र एस१ जेड इलेक्ट्रिक स्कुटर लन्च
ओला इलेक्ट्रिकले भारतीय बजारमा दुई नयाँ इलेक्ट्रिक स्कुटर गिग र एस१ जेड...
ओलाकाे भारतीय टू-ह्वीलर बजारमा इलेक्ट्रिक स्कुटर सेगमेन्ट निकै लोकप्रिय छ । अब कम्पनीले इलेक्ट्रिक बाइक सेगमेन्टमा पनि प्रवेश गर्ने तयारी गरेको छ । ओला इलेक्ट्रिकले पहिलो पटक अगस्ट १५, २०२३ मा आफ्नो इलेक्ट्रिक बाइक प्रस्तुत गरेको थियो ।
ओला इलेक्ट्रिकले क्रुजर, ओला एडभेन्चर, ओला रोडस्टर र ओला डायमण्ड हेड नामक चारवटा इलेक्ट्रिक मोटरसाइकलको प्रोटोटाइप ल्याएको थियो । यस बाहेक कम्पनीले गत वर्ष एम१ साइबर रेसर कन्सेप्ट मोडल पनि सार्वजनिक गरेको थियो । साथै, ओलाले हालै रोडस्टर बाइकको लागि पेटेन्ट दर्ता गरेको छ। पेटेन्ट गरिएको डिजाइन अनुसार ओलाको आगामी बाइक स्पोर्ट्स बाइक हुन सक्ने अनुमान गरिएको छ ।
रिपोर्टका अनुसार ओला इलेक्ट्रिकले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल २०२६ को पहिलो हाफमा लन्च गर्ने तयारी गरिरहेको छ । हालै कम्पनीले इलेक्ट्रिक बाइक लन्च गर्नुअघि यसको ब्याट्री प्याक सार्वजनिक गरेको छ ।
ओला इलेक्ट्रिकले आफ्नो इलेक्ट्रिक मोटरसाइकलको ब्याट्री प्याक स्टिल ट्यूब फ्रेम भित्र राखेको छ, जहाँ सामान्यता पेट्रोलबाट चल्ने मोटरसाइकलमा आईसीई देख्न सकिन्छ । यसको ब्याट्री प्याक धेरै ठुलो छैन । जसको कारण सो बाइक हल्का हुने अनुमान गरिएको छ । हाल कम्पनी नयाँ ब्याट्री प्याकको विकास गरिरहेको छ ।
ओला इलेक्ट्रिकले भारतीय बजारमा दुई नयाँ इलेक्ट्रिक स्कुटर गिग र एस१ जेड...
ओला इलेक्ट्रिकले १० लाख दुई पाङ्ग्रे इलेक्ट्रिक सवारी साधन उत्पादन गर्दै...
ओला इलेक्ट्रिकले भारतको अटोमोटिभ रिसर्च एसोसिएसन (एआरएआई) बाट प्रोडक्शन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...