पीएलआई स्किम अन्तर्गत सहुलियत पाउने पहिलो टु–ह्विलर ब्रान्ड बन्यो ओला

ओला इलेक्ट्रिकले भारतको अटोमोटिभ रिसर्च एसोसिएसन (एआरएआई) बाट प्रोडक्शन लिंक्ड इन्सेन्टिभ (पीएलआई) प्रमाणीकरण प्राप्त गरेको छ । यससंगै ओला सोे प्रमाणपत्र प्राप्त गर्ने पहिलो भारतीय इलेक्ट्रिक टु–व्हीलर ब्रान्ड बनेको छ ।

मिडिया रिपोर्टका अनुसार ओला इलेक्ट्रिकले पीएलए योजनामा ​​उल्लेख गरिएका आवश्यकताहरू पूरा गरेको छ । भारतमा उत्पादन हुने सवारी साधनहरूमा न्यूनतम ५० प्रतिशत आन्तरिक मूल्य वृद्धि गर्ने कम्पनीलाई सहुलियत प्रदान गर्ने गरी सो स्किम आएको थियो । ओलाले ४ महिनाभन्दा कमको रेकर्ड अवधिमा उक्त प्रमाणपत्र प्राप्त गरेको उल्लेख गरिएको छ ।

भारत सरकारले ईभी जस्ता उन्नत अटोमोटिभ टेक्नोलोजी उत्पादनहरूको घरेलु निर्माणलाई प्रवर्द्धन गर्ने उद्देश्यले २०२१ मा पीएलआई योजना अनुमोदन गरेको थियो । ईभीलाई अझ सस्तो बनाउन र भारतीय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ भारतमै उत्पादन हुने ईभी र यसको ओईएम कम्पोनेन्टमा १८ प्रतिशत सम्मको सहुलियत प्रदान गरिने प्रावधान सो स्किममा राखिएको छ ।

पिएलआई प्रमाणपत्र पाएसंगै ओलाका उत्पादनमा भारी मात्राले मूल्य कटौती हुने आँकलन गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...