पीएलआई स्किम अन्तर्गत सहुलियत पाउने पहिलो टु–ह्विलर ब्रान्ड बन्यो ओला

ओला इलेक्ट्रिकले भारतको अटोमोटिभ रिसर्च एसोसिएसन (एआरएआई) बाट प्रोडक्शन लिंक्ड इन्सेन्टिभ (पीएलआई) प्रमाणीकरण प्राप्त गरेको छ । यससंगै ओला सोे प्रमाणपत्र प्राप्त गर्ने पहिलो भारतीय इलेक्ट्रिक टु–व्हीलर ब्रान्ड बनेको छ ।

मिडिया रिपोर्टका अनुसार ओला इलेक्ट्रिकले पीएलए योजनामा ​​उल्लेख गरिएका आवश्यकताहरू पूरा गरेको छ । भारतमा उत्पादन हुने सवारी साधनहरूमा न्यूनतम ५० प्रतिशत आन्तरिक मूल्य वृद्धि गर्ने कम्पनीलाई सहुलियत प्रदान गर्ने गरी सो स्किम आएको थियो । ओलाले ४ महिनाभन्दा कमको रेकर्ड अवधिमा उक्त प्रमाणपत्र प्राप्त गरेको उल्लेख गरिएको छ ।

भारत सरकारले ईभी जस्ता उन्नत अटोमोटिभ टेक्नोलोजी उत्पादनहरूको घरेलु निर्माणलाई प्रवर्द्धन गर्ने उद्देश्यले २०२१ मा पीएलआई योजना अनुमोदन गरेको थियो । ईभीलाई अझ सस्तो बनाउन र भारतीय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ भारतमै उत्पादन हुने ईभी र यसको ओईएम कम्पोनेन्टमा १८ प्रतिशत सम्मको सहुलियत प्रदान गरिने प्रावधान सो स्किममा राखिएको छ ।

पिएलआई प्रमाणपत्र पाएसंगै ओलाका उत्पादनमा भारी मात्राले मूल्य कटौती हुने आँकलन गरिएको छ ।

सम्बन्धित समाचारहरू

ओलाको वाटर प्रुफ इलेक्ट्रिक स्कुटर, सामाजिक सञ्जालमा चर्चाको विषय

ओलाको वाटर प्रुफ इलेक्ट्रिक स्कुटर, सामाजिक सञ्जालमा चर्चाको विषय

देशका धेरै सहरमा वर्षाको कहर देखिएको छ । वर्षा याममा सडक पानीले डुबानमा...

ओला इलेक्ट्रिक स्कुटरमा आयो म्युजिक अनुसार लाइट परिवर्तन हुने फिचर, कन्सर्टको अनुभव हुने

ओला इलेक्ट्रिक स्कुटरमा आयो म्युजिक अनुसार लाइट परिवर्तन हुने फिचर, कन्सर्टको अनुभव हुने

ओला इलेक्ट्रिकले आफ्नो इलेक्ट्रिक स्कुटरमा म्युजिक अनुसार लाइट परिवर्तन...

ओलाले ल्यायो रोडस्टर सिरिजको ३ इलेक्ट्रिक बाइक

ओलाले ल्यायो रोडस्टर सिरिजको ३ इलेक्ट्रिक बाइक

भारतको स्वतन्त्रता दिवसको अवसरमा ओला इलेक्ट्रिकले रोडस्टर सिरिजको ३ वटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...