भारतमा इलेक्ट्रिक टु ह्विलरको बिक्री ६१ प्रतिशतले घट्यो, यस्तो छ कारण
टु ह्विलरको सवैभन्दा ठूलो बजार भारतमा इलेक्ट्रिक स्कुटरको बिक्री...
ओला इलेक्ट्रिकले आफ्नो जेनेरेसन ३ प्लेटफर्ममा आधारित नयाँ इलेक्ट्रिक स्कुटरमा काम गरिरहेको छ । कम्पनीले जनवरी २०२५ देखि सो स्कुटरको डेलिभरी सुरु गर्नेछ। साथै कम्पनीले हालै लन्च गरिएको एस१ सिरिजमा थप चार वटा अतिरिक्त इलेक्ट्रिक स्कुटर प्रस्तुत गर्नेछ ।
ओला इलेक्ट्रिकले अर्को वर्ष जनवरीमा निर्धारित समय भन्दा पहिले एस१ जेनेरेसन ३ को उत्पादन वितरण सुरु गर्नेछ । साथै यसको जेनेरेसन ३ आर्किटेक्चरको एक भागको रूपमा दुई सब ब्रान्ड, एस२ र एस३ पेश गर्नेछ ।
एस२ ब्रान्डका तीन वटा मोडल सन् २०२५ मा ल्याइनेछ । सहरका लागि सिटी मोडल, लामो दूरीका लागि टुरर र परफर्मेन्सका लागि स्पोर्ट मोडल ल्याइनेछ ।
एस३ सब ब्रान्डले प्रिमियम खण्डमा दुई म्याक्सी स्कुटर, ग्रान्ड एड्भेन्चर र ग्रान्ड टुरर पेश गर्नेछ। जेनेरेसन ३ मोडलमा च्यासिस भित्र एकीकृत ब्याट्री, म्याग्नेटलेस मोटर र इलेक्ट्रोनिक्स हुनेछ । सो नयाँ डिजाइनले परफर्मेन्समा २६ प्रतिशत सुधार र लागतमा २० प्रतिशतभन्दा बढी कमी ल्याउन सक्ने बताइएको छ ।
ओला इलेक्ट्रिकको इलेक्ट्रिक टु ह्विलर बजारमा करिब ३० प्रतिशत हिस्सा छ । कम्पनीले मार्च २०२५ सम्ममा आफ्नो खुद्रा नेटवर्कलाई २००० स्टोरमा विस्तार गर्ने योजना बनाएको छ।
टु ह्विलरको सवैभन्दा ठूलो बजार भारतमा इलेक्ट्रिक स्कुटरको बिक्री...
ओला इलेक्ट्रिकले भारतमा एस१ एक्स रेन्जका इलेक्ट्रिक स्क्ुटर लन्च गरेको छ...
ओलाले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने तयारी गरिरहेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...