बहुप्रतीक्षित नयाँ टाटा पन्च ईभी अब नेपालमा, यी हुन् फिचर
काठमाडौं । बहुप्रतिक्षित नयाँ टाटा पन्च ईभी नेपालमा आइपुगेको छ । टाटाको...
काठमाडौं–भारतीय इलेक्ट्रिक टु–ह्विलर निर्माता कम्पनी ओला इलेक्ट्रिकले विगत ५ वर्षदेखि सञ्चालन गर्दै आएको ‘डाइरेक्ट–टु–कन्ज्युमर’ (डी२सी) व्यापार रणनीतिमा ठूलो हेरफेर गरेको छ । कम्पनीले अब परम्परागत डिलर–लेड रिटेल मोडल अपनाउने घोषणा गरेको हो ।
कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक भाविश अग्रवालका अनुसार भारतीय ईभी बजारको परिपक्वता र तीव्र विस्तारलाई ध्यानमा राख्दै स्थानीय डिलरहरूसँगको सहकार्यमा अघि बढ्ने निर्णय लिइएको हो ।
नयाँ व्यावसायिक ढाँचाअनुसार अब ओलाका हाल सञ्चालनमा रहेका कम्पनी–स्वामित्वका स्टोरहरूलाई ब्रान्ड तथा उत्पादनको एक्सप्रेस सेन्टरमा परिणत गरिनेछ । स्थानीय स्तरमा बिक्री, डेलिभरी र बिक्रीपछिको मर्मतसम्भारको पूर्ण जिम्मेवारी भने नयाँ नियुक्त हुने डिलर साझेदारहरूले सम्हाल्नेछन् । कम्पनीले आगामी तिहार सम्ममा देशभर पूर्ण रूपमा डिलर सञ्जाल विस्तार गरिसक्ने लक्ष्य राखेको छ ।
ग्राहक सेवा र बिक्रीपछिको सर्भिसमा देखिएका समस्याका कारण गुमेको बजार हिस्सा फिर्ता ल्याउन र साना सहरहरूसम्म आफ्नो पहुँच पु-याउन ओलाले यो रणनीतिक कदम चालेको हो । यस नयाँ डिलर रणनीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न हुन्डाई मोटर इन्डियाका पूर्व अध्यक्ष बीभीआर सुब्बूलगायतको टोलीलाई वरिष्ठ सल्लाहकारका रूपमा कम्पनीमा भित्र्याइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...