सार्वजनिक यातायात जोर विजोर प्रणालीमा चलाउने वारे छलफल, आज टुंगो लाग्ने

काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलका क्रममा निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउने गरी परिमार्जन गर्ने विषयमा छलफल भएको हो ।

आइतबार साँझ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञाको मोडालिटीबारे छलफल गरेका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायातलाई पनि जोरबिजोरमा सञ्चालन गर्ने कि केही दिन पर्खने भन्नेमा छलफल भएको तर टुंगो भने नलागेको बताएका छन् ।

‘निषेधाज्ञाको मोडालिटीलाई परिमार्जन गर्ने भन्ने विषयमा छलफल भयो, सार्वजनिक सवारीलाई पनि जोरबिजोरमा सञ्चालन गर्ने भन्ने विषय पनि उठेका छन्, तर टुंगो लागेको छैन,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीको भनाइ छ ।

निषेधाज्ञाको मोडालिटीलाई अब कसरी अघि बढाउने भन्ने विषय थप छलफलपछि सोमबार बस्ने बैठकले टुंगो लगाउने उनले जानकारी दिए ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सार्वजनिक सवारी साधनलाई सीमा तोकेर सञ्चालन गर्न दिने विषयमा छलफल भएको जानकारी दिए ।

उनका अनुसार यसरी सीमा तोक्दा साना सवारी साधनभन्दा ठूला र दूरी कायम हुन सक्ने सवारी साधन सञ्चालन हुन सक्नेछन् । तर, सो विषय छलफल पछि मात्रै टुंगो लाग्ने उनले जनाएका छन् ।

उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा असार ८ बाट लागु हुनेगरी थप खुकुलो बनाउँदै निजी यातायातमा जोर बिजोर प्रणाली लागु गरिएको थियो । उपत्यकामा बारको आधारमा पसल खुल्ला गरिएको छ ।

यस अनुसार विभिन्न अटोमोबाइल सोरुम, पार्ट्स पसल, वर्कसप आदि सञ्चालन भइसकेका छन् ।

सम्बन्धित समाचारहरू

इनड्राइभको ‘प्लाटिनम ड्राइभर गिभअवे’ अन्तर्गत काभ्रेका हरि पाण्डेले जिते  एक्सप्रेस-टी ईभी कार

इनड्राइभको ‘प्लाटिनम ड्राइभर गिभअवे’ अन्तर्गत काभ्रेका हरि पाण्डेले जिते एक्सप्रेस-टी ईभी कार

काठमाडौं – राइड सेयरिङ कम्पनी इनड्राइभको ‘प्लाटिनम ड्राइभर गिभअवे’...

सार्वजनिक यातायात व्यवसायी सन्तुष्ट हुन नसकेको बजेट

सार्वजनिक यातायात व्यवसायी सन्तुष्ट हुन नसकेको बजेट

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७९/८० को लागि बजेट सार्वजनिक गरेको छ ।...

कर्फ्युको समयमा पनि चलाउन सकिने छ यी सवारी साधन

कर्फ्युको समयमा पनि चलाउन सकिने छ यी सवारी साधन

आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...