एमजी विन्डसर ईभी ७५ हजार युनिट बिक्री पार गर्दै भारतको लोकप्रिय इलेक्ट्रिक कार बन्न सफल
जेएसडब्लू एमजी मोटर इन्डियाले आफ्नो लोकप्रिय इलेक्ट्रिक कार एमजी विन्डसर...
हाल विद्युतीय मोटरसाइकल ‘यात्री’ चर्चामा छ । नेपाली युवाहरुको समूहले नेपालमै बनाएको भनेर चर्चा कमाएको यात्री मोटरसाइकलले नम्बर प्लेट नपाएको र यसका कारण उत्पादन नै बन्द गर्नुपरेको समाचारका कारण धेरैको ध्यान तानिएको छ । यद्यपि हालै प्रधानमन्त्रीबाट यसका लागि आवश्यक निर्देशन दिइएको समाचार सार्वजनिक भएको छ भने दर्ताका लागि आवश्यक कानुनी व्यवस्था गरिने भएको छ ।
यात्री मोटरसाइकलको उत्पादन यात्री डिजाइन स्टुडियोले गरिरहेको छ । स्टुडियोका इलेक्ट्रिक टेक्नोलोजी डाइरेक्टर कृष्णप्रसाद श्रेष्ठका अनुसार ७७ वटा विद्युतीय मोटरसाइकल बेचेको भए पनि ती सञ्चालन हुन सकेका छैनन्। तीबाहेक १० वटा मोटरसाइकल कम्पनीमै राखिएका छन्।
नेपालमा उत्पादन भएका सवारीसाधनको दर्ता हुन नसकेपछि उत्पादित सवारीसाधन थन्किएका छन् भने लगानीकर्ता समस्यामा परेका छन्। नेपालमा उत्पादन भएका सवारीसाधनको दर्ता कानुनी रूपमा व्यवस्था नभएकाले समस्या भएको छ। विद्यमान कानुनी व्यवस्थाले नेपालमा सवारीसाधन उत्पादन हुन्छ भन्ने कल्पना पनि गरेको छैन।
सवारी ऐन २०४९ अनुसार नेपालमा सवारीसाधन दर्ता गर्न भन्सार कार्यालयबाट सवारीसाधनको च्यासिस वा इन्जिनबारे प्रज्ञापनपत्रमा उल्लेख भएको र भन्सार तिरेको कागजात हुनुपर्छ। तर नेपालमा उत्पादित सवारीसाधनका हकमा त्यस्ता काजगात नै बन्दैनन्। त्यसैले हालकै कानुनी व्यवस्थाअनुसार दर्ता गर्न नमिल्ने यातायात व्यवस्था विभागको भनाइ छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...