४ महिनादेखि प्रतिबन्धको मारमा अटो बजार, गाडी किन्ने र वेच्ने दुवैमा छैन उत्साह

कम्वसन इन्जिनयुक्त प्यासेन्जर कार र १५० सीसी माथिका मोटरसाइकलमा लगाइएको आयात प्रतिबन्धका कारण अहिले अटो बजार सुनसानको अबस्थामा छ । गत वैशाख १३ देखि लागू गरिएको प्रतिबन्धले तेस्रो चरण पार गर्दा समेत यो कहिलेसम्म लम्विने हो भन्ने कुरामा स्वयं व्यवसायी र सरकारी निकाय नै अनिर्णित छन् । सरकारले विदेशी मुद्राको सञ्चितिले ७ महिनासम्मको आयात धान्न नपुगुन्जेल प्रतिवन्ध कायमै रहने बताएको छ भने व्यवसायीले आयातमाथि पूर्ण प्रतिवन्ध लगाउनु भन्दा पनि यसलाई विस्तारै खुकुलो बनाउँदै जानुपर्ने राय व्यक्त गरिरहेका छन् ।

यसरी गाडी र मोटरसाइकलको आयात रोकिँदा अटोमोबाइल व्यवसाय धराशायी बन्दै गएको र यसले हाल यो व्यवसाय सञ्चालन गरिरहेका कैयन व्यावसायी पलायन हुनुपर्ने अबस्था सिर्जना गराएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बताए । ‘विगत ४ महिनायता कार र मोटरसाइकल आयात हुन नसक्दा यो व्यावसाय नराम्रोसँग प्रभावित वनेको छ ।

व्यवसाय प्रभावित बनेसँगै कैयन व्यक्तिले रोजगारी गुमाइसकेका छन् भने भोलिका दिनमा रोजगारी गुमाउनेहरुको संख्या अझै बढेर जानेछ । यसको साथै सरकारले यो क्षेत्रबाट उठाउँदै आइरहेको राजस्व समेत नराम्रोसँग प्रभावित बनेका कारण आयात खुलाउनु पर्ने दवावमा सरकार देखिएपनि यो विषयमा सरकार मौन रहँदै आएको छ । अहिलेकै अबस्थामा प्रतिवन्ध कहिले हट्छ भनेर यकिन गर्न कठिन भैरहेको छ ’ उनले नेपाल अटोसँग भने ।

शुरुमा डेढ महिनाका लागि भनेर वैशाख १३ देखि असार मसान्त सम्मका लागि लागू गरिएको प्रतिवन्ध त्यसपछि थपिएर भदौ १३ सम्म पुग्यो । सवारीसाधनको मुख्य सिजन प्रभावित नपार्न भन्दै नाडाले फेस्टिभल सिजनमा जसरी भएपनि प्रतिवन्ध हटाउन आग्रह गर्दै आइरहेकोमा अब असोज २८ सम्मका लागि पुनः थप गरिएको छ । यसरी एकपछि अर्को गर्दै प्रतिवन्ध थपिँदै जाँदा अटोबजारमा अहिले गाडी र मोटरसाइकल खरिद गर्ने एवं बिक्री गर्ने बिक्रेता दुवै पक्ष निराश वनेका छन् ।

चाडपर्वमा मिठो खाने र नयाँ सामान किन्ने आम नेपालीको पुरानै प्रचलन हो । सोही प्रचलन अनुसार दशैं तिहारमा नयाँ गाडी खरिद गर्न धेरै ग्राहक प्रतिक्षारत रहन्छन् । तर यसपाली विगत ४ महिनायता कम्वसन इन्जिनयुक्त नयाँ कार र १५० सीसी माथिका मोटरसाइकल आयात हुन नसकेका कारण उनीहरुले आफूले चाहेको गाडी र मोटरसाइकल खरिद गर्न नपाउने भएका हुन् ।

त्यसो त बजारमा अहिले गाडी र मोटरसाइकल हुँदै नभएका भने होइनन् । प्रतिवन्ध लागू हुुनु अगाडि आयात भएका केही गाडी स्टकमै रहेपनि ग्राहकले चाहेको सवै अप्सन र मोडल उपलब्ध छैन । अर्कोतर्फ प्रतिवन्धले नछोएको इलेक्ट्रिक कारको आपूर्तिमा समस्या कायमै रहेका कारण विगत ६ महिनादेखि वुकिङ लिएका ग्राहकले अहिलेसम्म गाडी हात पर्न सकिरहेका छैनन् ।

केही कम्पनीले नयाँ मोडललाई बजारमा उतेरर बिक्री गर्ने लक्ष्य बनाएपनि उत्तरी नाका वन्द भएका कारण यी गाडी समेत नेपाल आउन ढिलाई भैरहेको छ । गाडीको आपूर्तिमा देखिएको समस्याको साथै वैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने अटो लोनमा कडाई गरिएका कारण ग्राहकले सहजै गाडी खरिद गर्न सक्ने अबस्था वनिरहेको छैन । जसका कारण स्टकमा भएका केही ब्रान्डका गाडी समेत बिक्री हुन नसकेर शोरुममा थन्किएका छन् ।

अहिलेको अबस्थाले अयातकर्ता व्यवसायीलाई मार त पारेको छ नै साथमा सवैभन्दा बढी मारमा डिलरसिप लिएर शोरुम चलाइरहेका व्यावसायी परेका छन् । एक शोरुम संचालकका अनुसार अटोमोवाइल क्षेत्रमा यस्तो समस्या कहिल्यै देखिएको थिएन । ‘व्यवसाय गर्ने सोच राखेर करोडौं रकम खर्चिएर डिलरसिप संचालन गरियो । तर अहिले यो निल्नु र ओकल्नु वनेको छ । छाडौं आफ्नो लगानी डुव्ने डर नछाडौ कहिलेसम्म थेग्ने । हामी अन्योलमा छौ । आयात खुल्ला र फेरि कारोबार गर्नतर्फ केन्द्रित हौला भनेर पख्र्यो सरकारले एकपछि अर्को समय थप्दै गैरहेको छ । यसले हामीलाई एकदमै अन्योलमा पारेको छ’ उनले नेपाल अटोसँग दुखेसो पोखे ।

सम्बन्धित समाचारहरू

‘नो हर्न’ अभियानमा थप कडाइ, नौ हजार आठसय कारबाहीमा

‘नो हर्न’ अभियानमा थप कडाइ, नौ हजार आठसय कारबाहीमा

काठमाडौँ – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनी प्रदूषण कम गर्ने...

तीव्र गतिमा गुड्ने गाडीको निगरानी गर्न सडकमा क्यामेरा जडान

तीव्र गतिमा गुड्ने गाडीको निगरानी गर्न सडकमा क्यामेरा जडान

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गाडीको तीव्र गति...

टोयोटा विजय उत्सवमा एक्सचेन्जदेखि बीमासम्मको सुविधा, कोरोला क्रस हाइब्रिडमा बम्पर छुट

टोयोटा विजय उत्सवमा एक्सचेन्जदेखि बीमासम्मको सुविधा, कोरोला क्रस हाइब्रिडमा बम्पर छुट

काठमाडौं – नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...