एनएमबि बैंकद्वारा बस भाडा तिर्न सहज हुने कन्ट्याक्टलेस कार्ड जारी

काठमाडौं - एनएमबि बैंकले हालको परिवेश र सुरक्षाको आवश्यकतालाई मध्यनजर गर्दै बस भाडा तिर्नको लागी कन्ट्याक्टलेस कार्ड जारी गरेको छ ।

घरमै बसी ओम्नी च्यानलमार्फत खाता लगायत विविध बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले कोभिडबाट सुरक्षाको साथै क्यासलेस समाज निर्माणमा सहकार्य गर्न फिन्टेक इन्टरनेशनलसँग सहकार्य गर्नेगरी समझदारी गरेको हो । उक्त कार्डबाट यात्रीद्वारा तय गरेको दुरीका आधारमा बस भाडा स्वतः गणना हुनेछ र सो भाडा कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्न सकिनेछ । 

यस्तै प्रकारको भुक्तानी प्रणाली विश्वको विकसित मुलुकको शहरहरुमा प्रयोग भइरहेको पाइन्छ । हालको प्रतिकुल परिस्थितिमा ग्राहकलाई बस भाडा तिर्ने कार्यमा सहजता होस भन्ने उद्देश्यका साथ बैंकले यो सेवा प्रदान गर्न शुभारम्भ गरेको हो । हाल संयुक्त यातायात र मत्स्य राजधानीका २० वटा बसमा यो सुविधा उपलब्ध भइरहेको र अरु विभिन्न बस व्यवसायीहरुसँग सहकार्य गरी यो सुविधा उपलब्ध गराउने कार्यमा बैंक प्रयासरत रहेको बैंकले जनाएको छ । 

सम्बन्धित समाचारहरू

आइएमई मोटर्सका सवारी साधन किन्दा रिलायन्स फाइनान्सले ७० प्रतिशत सम्म फाइनान्स गर्ने

आइएमई मोटर्सका सवारी साधन किन्दा रिलायन्स फाइनान्सले ७० प्रतिशत सम्म फाइनान्स गर्ने

काठमाडौँ- आइएमई मोटर्स र रिलायन्स फाइनान्सबिच ७० प्रतिशत सम्मको सवारी...

नागरिक एपबाट यसरी गरौं ब्लुबुक नवीकरण (प्रक्रियाको जानकारी)

नागरिक एपबाट यसरी गरौं ब्लुबुक नवीकरण (प्रक्रियाको जानकारी)

काठमाडौं – यही फागुन १ देखि ब्लुबुक नवीकरण नागरिक एपबाटै गर्न सकिने सुविधा...

साना विद्युतीय यातायात व्यवसायीलाई मेगा बैंकले कर्जा दिने

साना विद्युतीय यातायात व्यवसायीलाई मेगा बैंकले कर्जा दिने

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले लघु तथा साना उद्यमीहरुलाई प्रवर्द्धन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...