साइकल र विद्युतीय कार किन्नेहरुका लागि एनएमबि बैंकले ल्यायो कर्जा योजना
काठमाडौं – स्वच्छ सफा र हराभरा वातावरण प्रति प्रतिवद्धता देखाउँदै एनएमबि...
काठमाडौं – एनएमबि बैंक लिमिटेडले ८.४९ प्रतिशत प्रतिवर्ष ब्याजदरमा अटो लोन प्रवाह गर्ने बताएको छ । उक्त लोन बैंकले २४ घण्टाभित्रै उपलब्ध गराउने र ५ वर्ष सम्म एउटै ब्याजदर रहने छ ।
निरन्तर ब्याज बढने चिन्ताबाट मुक्त हुने गरी ५ बर्ष सम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको बैंकले जनाएको छ ।
बैंकले विद्युतीय गाडीको हकमा भने बेस रेट अर्थात ७.७३ प्रतिशतमै कर्जा प्रदान गर्दै आइरहेको छ । यसरी ग्राहकवर्गको आफ्नै गाडी चढने सपना पुरा गर्न समान ब्याजदरले झन सघाउ पु-याउने विश्वास लिइएको बैंकको भनाइ छ ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । थप जानकारीको लागि call@nmb.com.np मा ईमेल वा ०१–५९७०१५० मा फोन गर्न सकिने छ ।
एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
काठमाडौं – स्वच्छ सफा र हराभरा वातावरण प्रति प्रतिवद्धता देखाउँदै एनएमबि...
काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी...
काठमाडौं– नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जाको जोखिमभार १२५...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...