विद्युतीय कार किन्नेहरुका लागि एनएमबि बैंकको ६.८३ प्रतिशत ब्याजदरमै अटो लोन

काठमाडौं – विद्युतीय सवारी साधन किन्नेहरुका लागि एनएमबि बैंकले विद्युतीय सवारी कर्जा (अटो लोन) उपलब्ध गराएको छ । यस अन्तर्गत ६.८३ प्रतिशत बेस रेटमा सो कर्जा उपलब्ध हुनेछ ।

यसका साथै बैंकले एनएमबि सुलभ किस्ता योजना अन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरीद गर्दा बेस रेटमै कर्जा प्रदान गर्नुको साथै ८० प्रतिशत सम्म फाइनान्सिङ, ७ वर्ष कर्जा अवधि, प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत छुटको अफर ल्याएको छ ।

आवश्यक कागजात पु¥याएको अवस्थामा २४ घण्टामै अटो लोन पास हुने बैंकले जानकारी दिएको छ । हाल विद्युतीय सवारी साधन प्रयोग गर्न चाहने ग्राहकहरु बढिरहेको समयमा बैंकले उक्त अटो लोन सार्वजनिक गरेको हो ।

विद्युतीय सवारी साधन किन्नका लागि बैंकहरुले ८० प्रतिशत सम्म अटो लोन उपलब्ध गराउन सक्ने व्यवस्था छ । पछिल्लो समयमा सरकारले बजेटमार्फत विद्युतीय सवारी साधनमा लाग्ने करको दर घटाएकाले विद्युतीय सवारी साधन किन्न चाहने ग्राहकहरु बढिरहेका छन् ।

सम्बन्धित समाचारहरू

प्रभु बैंकले दियो पशुपतिको फोहोर उठाउन १७ लाखको गाडी

प्रभु बैंकले दियो पशुपतिको फोहोर उठाउन १७ लाखको गाडी

काठमाडाैँ-प्रभु बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्र...

नगद मार्जिनको व्यवस्था हटाउने राष्ट्र बैंकको निर्णयलाई नाडाले गर्यो स्वागत

नगद मार्जिनको व्यवस्था हटाउने राष्ट्र बैंकको निर्णयलाई नाडाले गर्यो स्वागत

नेपाल राष्ट्र बैंकले १३ महिना अघि लागु गरेको सवारी साधन तथा स्पेयर पार्ट्स...

विद्युतीय सवारी किन्नेलाई ७ वर्षका लागि ८.९९ प्रतिशत ब्याजदर

विद्युतीय सवारी किन्नेलाई ७ वर्षका लागि ८.९९ प्रतिशत ब्याजदर

काठमाडौं – एनएमबि बैंकले विद्युतीय सवारी साधन किन्न चाहने ग्राहकलाई ७...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...