विद्युतीय कार किन्नेहरुका लागि एनएमबि बैंकको ६.८३ प्रतिशत ब्याजदरमै अटो लोन

काठमाडौं – विद्युतीय सवारी साधन किन्नेहरुका लागि एनएमबि बैंकले विद्युतीय सवारी कर्जा (अटो लोन) उपलब्ध गराएको छ । यस अन्तर्गत ६.८३ प्रतिशत बेस रेटमा सो कर्जा उपलब्ध हुनेछ ।

यसका साथै बैंकले एनएमबि सुलभ किस्ता योजना अन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरीद गर्दा बेस रेटमै कर्जा प्रदान गर्नुको साथै ८० प्रतिशत सम्म फाइनान्सिङ, ७ वर्ष कर्जा अवधि, प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत छुटको अफर ल्याएको छ ।

आवश्यक कागजात पु¥याएको अवस्थामा २४ घण्टामै अटो लोन पास हुने बैंकले जानकारी दिएको छ । हाल विद्युतीय सवारी साधन प्रयोग गर्न चाहने ग्राहकहरु बढिरहेको समयमा बैंकले उक्त अटो लोन सार्वजनिक गरेको हो ।

विद्युतीय सवारी साधन किन्नका लागि बैंकहरुले ८० प्रतिशत सम्म अटो लोन उपलब्ध गराउन सक्ने व्यवस्था छ । पछिल्लो समयमा सरकारले बजेटमार्फत विद्युतीय सवारी साधनमा लाग्ने करको दर घटाएकाले विद्युतीय सवारी साधन किन्न चाहने ग्राहकहरु बढिरहेका छन् ।

सम्बन्धित समाचारहरू

चितवनमा अटो एक्सपो हुने, एकै स्थानमा सवारी अवलोकन गर्न र अन्य सुविधा लिन सकिने

चितवनमा अटो एक्सपो हुने, एकै स्थानमा सवारी अवलोकन गर्न र अन्य सुविधा लिन सकिने

भरतपुर – चितवनमा कार्यरत अटोमोबाइल व्यवसायीहरुको संगठन चितवन अटोमोबाइल...

विद्युतीय सवारी प्रवर्धनका लागि कुमारी बैंक र जीआईजेडले सहकार्य गर्ने

विद्युतीय सवारी प्रवर्धनका लागि कुमारी बैंक र जीआईजेडले सहकार्य गर्ने

काठमाडौं – नेपालमा विद्युतीय गतिशीलतालाई सुदृढ बनाउनका लागि कुमारी बैंक...

एलसी मार्जिनमा व्याज दिन र कर्जाको व्याज घटाउन अनुरोध गर्दै नेपाल राष्ट्र बैंङ्कलाई नाडाले गर्यो पत्राचार

एलसी मार्जिनमा व्याज दिन र कर्जाको व्याज घटाउन अनुरोध गर्दै नेपाल राष्ट्र बैंङ्कलाई नाडाले गर्यो पत्राचार

नाडाले प्रतितपत्र(एलसी) मार्जिनमा व्याज प्रदान गर्न तथा कर्जाको व्याज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...