अफरोड एसयूभी फोर्स गुर्खा अब ९ सिटरमा आउने

फोर्स गुर्खा अफरोड एसयूभी अतिरिक्त स्पेस सहितको ९ सिटर मोडल परीक्षण भइरहेको छ ।

परीक्षणमा देखिएको गुर्खा एसयूभीको साइड–फेसिङ थ्री–रो सिट कन्फिगरेसन भएको खुलासा भएको छ । आरटीओ विवरण अनुसार फोर्सले अफ–रोडरको लागि ६ र ८ सिटर कन्फिगरेसनको योजना बनाएको थियो, तर अब यो ९ सिटको विकल्पको साथ देखिने भएको छ । यसमा २ सिटर साइड–फेसिङ जम्प सिट पनि देखिएको छ ।

नयाँ गुर्खामा नयाँ फिचर पनि समावेश गर्ने अपेक्षा गरिएको छ । यसमा रिमसहित पाङ्ग्राको सट्टा १८ इन्चको अलोय ह्विल हुने अपेक्षा गरिएको छ । साथै ३ डोर मोडल कालो रङको बम्पर र फन्ेडरमा अगाडिको टर्न इन्डिकेटर, स्क्वायर विन्डोज, अफ–रोड–बायस्ड टायर, डोर–माउन्ट गरिएको स्पेयर ह्विल र पछाडि टेललाइट हुनेछ । यसमा मोनो–स्लेट ग्रिल, गोलाकार एलईडी डीआरएलको साथ हेडलाइट पनि देखिनेछ ।

फोर्स गुर्खाको ३ र ५ सिटर मोडल १३ लाख ५९ हजार भारुमा लन्च गरिएको थियो । तर, पछि यसको मूल्य बढाएरु १४ लाख ४९ हजार भारु पु-याएको थियो । नयाँ मोडलको मूल्य हालको मोडलको भन्दा बढी हुने अपेक्षा गरिएको छ ।

नेपाली बजारमा पनि फोर्स गुर्खा उपलब्ध छ । यसको मूल्य ७८ लाख ९९ हजार रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

उत्कृष्ट विशेषताका साथ नेपाली बजारमा भित्रियो फोर्ड फिगो अटोमेटिक

उत्कृष्ट विशेषताका साथ नेपाली बजारमा भित्रियो फोर्ड फिगो अटोमेटिक

काठमाडौं – नेपाली बजारमा फोर्ड फिगो अटोमेटिक ह्याचब्याक भित्रिएको छ ।...

फोर्ड नेपालले ल्यायो अविश्वसनिय अफर : एउटा फोर्ड गाडी किन्दा अर्को ईभी गाडी सित्तैमा

फोर्ड नेपालले ल्यायो अविश्वसनिय अफर : एउटा फोर्ड गाडी किन्दा अर्को ईभी गाडी सित्तैमा

काठमाडौं – नेपालमा फोर्ड गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले...

भारतमा लन्च भएको नयाँ फोर्स गोर्खा तिहार लगत्तै नेपाल आउने, मूल्य ६० लाख देखि ६५ लाख पर्ने

भारतमा लन्च भएको नयाँ फोर्स गोर्खा तिहार लगत्तै नेपाल आउने, मूल्य ६० लाख देखि ६५ लाख पर्ने

काठमाडौं – भारतमा हिजो मात्रै लन्च भएको नयाँ जेनेरेसन फोर्स गोर्खा तिहार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...