अफरोड एसयूभी फोर्स गुर्खा अब ९ सिटरमा आउने

फोर्स गुर्खा अफरोड एसयूभी अतिरिक्त स्पेस सहितको ९ सिटर मोडल परीक्षण भइरहेको छ ।

परीक्षणमा देखिएको गुर्खा एसयूभीको साइड–फेसिङ थ्री–रो सिट कन्फिगरेसन भएको खुलासा भएको छ । आरटीओ विवरण अनुसार फोर्सले अफ–रोडरको लागि ६ र ८ सिटर कन्फिगरेसनको योजना बनाएको थियो, तर अब यो ९ सिटको विकल्पको साथ देखिने भएको छ । यसमा २ सिटर साइड–फेसिङ जम्प सिट पनि देखिएको छ ।

नयाँ गुर्खामा नयाँ फिचर पनि समावेश गर्ने अपेक्षा गरिएको छ । यसमा रिमसहित पाङ्ग्राको सट्टा १८ इन्चको अलोय ह्विल हुने अपेक्षा गरिएको छ । साथै ३ डोर मोडल कालो रङको बम्पर र फन्ेडरमा अगाडिको टर्न इन्डिकेटर, स्क्वायर विन्डोज, अफ–रोड–बायस्ड टायर, डोर–माउन्ट गरिएको स्पेयर ह्विल र पछाडि टेललाइट हुनेछ । यसमा मोनो–स्लेट ग्रिल, गोलाकार एलईडी डीआरएलको साथ हेडलाइट पनि देखिनेछ ।

फोर्स गुर्खाको ३ र ५ सिटर मोडल १३ लाख ५९ हजार भारुमा लन्च गरिएको थियो । तर, पछि यसको मूल्य बढाएरु १४ लाख ४९ हजार भारु पु-याएको थियो । नयाँ मोडलको मूल्य हालको मोडलको भन्दा बढी हुने अपेक्षा गरिएको छ ।

नेपाली बजारमा पनि फोर्स गुर्खा उपलब्ध छ । यसको मूल्य ७८ लाख ९९ हजार रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

चर्चित युट्युबर मिस्टर बिस्टको गिभअवेमा नेपाली महिलाले जितिन् फोर्ड मस्ट्याङ कार

चर्चित युट्युबर मिस्टर बिस्टको गिभअवेमा नेपाली महिलाले जितिन् फोर्ड मस्ट्याङ कार

अष्ट्रेलियाको सिड्नीमा सम्पन्न चर्चित युट्युबर मिस्टर बिस्टको गिभअवे...

इतिहास: थोमस एडिसनको कम्पनी छाडेपछि हेनरी फोर्डले सुरु गरेका थिए फोर्ड कम्पनी

इतिहास: थोमस एडिसनको कम्पनी छाडेपछि हेनरी फोर्डले सुरु गरेका थिए फोर्ड कम्पनी

विश्वको सबैभन्दा ठुलो कार कम्पनी मध्येको एक फोर्ड र बत्तीको बल्बको...

फोर्स गोर्खाको मूल्य भारतमा ५१ हजार रुपैयाँले बढ्यो, भयो महिन्द्रा थारभन्दा पनि महंगो

फोर्स गोर्खाको मूल्य भारतमा ५१ हजार रुपैयाँले बढ्यो, भयो महिन्द्रा थारभन्दा पनि महंगो

नेपाल आउने तयारीमा रहेको भनिएको फोर्स गोर्खाको मूल्य भारतमा ५१ हजार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...