कर्जा प्रवाह मध्ये ८० प्रतिशत सवारी साधन र २० प्रतिशत मोबाइलमा
काठमाडौं – हुलास फिनसर्भ हायरपर्चेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत...
काठमाडौं–आफ्नो निजी वा व्यावसायिक सवारीसाधन जोड्ने सोचमा हुनुहुन्छ ? ग्राहकहरूको यही सपनालाई साकार पार्न एनआईसी एसिया बैंकले अत्यन्तै आकर्षक र सस्तो ब्याजदरमा नयाँ अटो लोन योजना सार्वजनिक गरेको छ । ‘सपनाको गाडी अब तपाईंकै अगाडि’ भन्ने मूल ट्यागलाइनका साथ बैंकले यो नयाँ स्किम बजारमा ल्याएको हो ।
बैंकहरूबीच अटो लोन प्रवाहमा तीव्र प्रतिस्पर्धा भइरहेका बेला एनआईसी एसियाले ग्राहकको हितलाई ध्यानमा राख्दै वार्षिक जम्मा ५.९९ प्रतिशत ब्याजदरमै अटो लोन उपलब्ध गराउने भएको छ । यस योजनाको सबैभन्दा ठूलो विशेषता भनेको आगामी ७ वर्षसम्म ब्याजदर ५.९९ प्रतिशतमै स्थिर रहनु हो । यसले गर्दा भविष्यमा ब्याजदर बढ्ने वा किस्ता महँगो हुने चिन्ताबाट ग्राहकले पूर्ण रूपमा मुक्ति पाउनेछन् ।
बैंकले बिना कुनै झन्झट, छिटो र सहज प्रक्रियाबाट लोन स्वीकृत गर्ने व्यवस्था मिलाएको छ । यस सुविधाअन्तर्गत निजी, व्यावसायिक तथा वातावरणमैत्री विद्युतीय सवारीसाधन खरिद गर्न चाहने जोकोहीले पनि कर्जा प्राप्त गर्न सक्नेछन् ।
बजारमा अन्य बैंक तथा वित्तीय संस्थाबीच सस्तो ब्याजदरमा अटो लोन दिने होडबाजी चलिरहेका बेला एनआईसी एसिया बैंकको यो स्थिर ब्याजदर योजनाले सवारी खरिदकर्ताहरूलाई ठूलो राहत र प्रोत्साहन मिल्ने देखिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...